साप्ताहिक संवाददाता
मंसिर ११, २०७५
चलचित्र ‘गरुड पुराण’को गीत सार्वजनिक भएको छ । कोशिष क्षेत्री र मनिषा पोख्रेलले गाएको सार्वजनिक गीत दिनेश राउतले लेखेका हुन् ।
‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेतका साथमा चलचित्रका कलाकारहरु कर्मा र नव अभिनेत्री प्रियंका सिंह ठकुरी फिचर्ड छिन । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन ।
कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।
गीतको भिडियो :