साप्ताहिक संवाददाता
आगामी १८ माघबाट देशव्यापी प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘रणबीर’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका अभिनेता शुशिल सिटौलाको चरित्रलाई केन्द्रित गरेर फस्ट लुक्सको रुपमा नेपाली र आग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सार्वजनिक गरिएको हो ।
अभिनेता शुशिलले आफ्नो तौल यो चलचित्रका लागि ७० केजीबाट १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए ।
दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेको यो चलचित्र गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।
यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् । चलचित्रमा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, टीका पहारी, हरिहर शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।