साप्ताहिक संवाददाता
शृंखला खतिवडाको काम उदाहरणीय छ (कभर स्टोरी : सम्भावना देखाउँदै शृंखला) । उनी अन्य मिस नेपालभन्दा फरक काम गरेर त्यसको नमुना साबित भैसकेकी छिन् । मकवानपुरमा चेपाङ समुदायको भलाइका लागि उनले थालनी गरेको काम साँच्चिकै नमुना छ । पिछडिएको चेपाङ समुदायजस्तै विपन्न र गरिब नेपालीहरूका लागि उनले थप योजना ल्याउनु जरुरी छ । उनको काममा साथ दिनेहरूको कुनै कमी हुनेछैन ।
ज्योति शाह
मिस नेपाल वल्र्ड–२०१८ की विजेता शृंखला खतिवडामाथि बनेको भिडियो हेरें (कभर स्टोरी : सम्भावना देखाउँदै शृंखला) एकदम खुलेर प्रस्तुत हुनुभएको छ । तपाईंमा बाहिरी सुन्दरता मात्र होइन, भित्री बौद्धिकता पनि छ । तपार्इंमा प्रतिभासँगै राम्रो सम्भावना छ । एकदमै जिम्मेवार रूपमा प्रस्तुत भएको देख्दा खुसी लागेको छ ।
डेभिड सापकोटा, तपेन्द्र रोकाया, प्रियंका भण्डारी, आर्यन ढकाल
मिस्टर युनिभर्सल एम्बेसडर–२०१८ मा सहभागी हुन लागेका सुसन महर्जनलाई अग्रिम शुभकामना (मिस्टर युनिभर्सल एम्बेसडर) । ठूलो प्रतिस्पर्धामा भाग लिँदै हुनुहुन्छ, आफ्नो बलियो उपस्थिति देखाउनुहोला ।
शीतल घिमिरे
मिस नेपाल शृंखला खतिवडाले देखेको सपना तमाम नेपालीहरूको सपना हो (कभर स्टोरी : सम्भावना देखाउँदै शृंखला) । सबै नेपालीले उनको सपना पूरा गर्न पक्कै साथ दिनेछन् ।
डेभिड गुरुङ, विनोद खड्का, जयराम सापकोटा
सामाजिक सञ्जालमा फरक देखिनकै लागि पनि अनेक प्रचलन बढ्दो छ (फरक देखिने लहड) । चर्चाका लागि जे पनि गर्नुभन्दा आफूमा भएको प्रतिभा, क्षमता देखाएर पाएको चर्चा दिगो हुन्छ । क्षणिक चर्चा र नामका लागि गरिएको काम सस्तो लोकप्रियताबाहेक अरू केही होइन ।
विक्रम बुढाथोकी
सपना त धेरैले देख्छन्, तर त्यसलाई पूरा गर्न मेहनत भने कमैले मात्र गर्छन् (मुक्त आकाश : दिउँसै सपना देख्नेहरू) । सपना यस्तो होस्, जुन पूरा गर्न निद्रा, लोभ, मोह आदि त्याग्नु परोस् । सपना देख्न भने छाड्नु हुँदैन । आफ्ना सपना पूरा गरेर देखाउन त्याग–तपस्या गर्न तयार हुनुपर्छ ।
सुरज मानन्धर
अभिनेत्री निरुता सिंह फेरि नेपाली चलचित्रमा फर्कने कुराले खुसी तुल्यायो (अन्तरवार्ता : म कसैको पर्खाइमै छु) । सबै खालका चलचित्रमा सुहाउँदो भूमिका निर्वाह गर्ने निरुताले विगतका चलचित्रमा जस्तै बुलन्द अभिनय गर्नेछिन् भन्ने आशा छ ।
विजय बस्नेत
न्युजिल्यान्डको पढाइका बारेमा धेरथोर जानकारी मिल्यो (नयाँ र सुरक्षित गन्तव्य न्युजिल्यान्ड) । न्युजिल्याण्डमै बसेर पढिरहेका विद्यार्थीहरूको अनुभव तथा लेख पढ्न पाए थप प्रभावकारी हुने थियो ।
लक्ष्मी खनाल
यो सामग्री उपयोगी लाग्यो (साइन्स एन्ड टेक्नो : फेक एकाउन्ट पत्ता लगाउन) । धेरैजसो मानिस फेक एकाउन्टका कारण समस्या भोगिरहेका छन् । खासगरी सेलिब्रिटीहरू यो समस्याबाट पीडित छन् । यो रिपोर्टमा उल्लेख गरिएअनुसार चल्ने हो भने फेक एकाउन्ट बन्द हुनेछन् ।
विशाल चालिसे
द भ्वाइस अफ नेपालजस्ता कार्यक्रम हाम्रो देशका लागि अत्यन्त जरुरी छ (संगीत : द भ्वाइस अफ नेपालको कोचका अनुभव) । यसले गीत–संगीतको प्रवद्र्धनमा सघाउ त पुर्याएकै छ, अर्कातिर नयाँ–नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्न पनि उत्तिकै मद्दत पुगेको छ । यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले निरन्तरता पाओस् ।
भारती अधिकारी
नेता बन्ने लहडमा नेपालगन्जमा बम राखिएको कुराले दु:खी बनायो (अपराध : नेता बन्ने लहडमा बम) । हाम्रो समाज कता जाँदैछ भन्ने कुरा सोच्न बाध्य भइयो । बढीभन्दा बढीलाई रोजगारी दिने हो भने यस्ता खालका समस्या आफैं निर्मूल हुनेछन् ।
लक्ष्मी मल्ल
जाडोका टिप्स उपयोगी लाग्यो (जाडो महिनामा देखिने प्रमुख रोग) । यसैगरी जाडोयाममा लाग्ने रोग तथा त्यसका समाधानका बारेमा पढ्न पाए हुन्थ्यो ।
हेमभक्त जोशी
मिस्टर एन्ड मिस राजवंशीको उपाधि पाएकोमा सुष्मा राजवंशीलाई बधाई (मिस्टर एन्ड मिस राजवंशी) । पिछडिएको राजवंशी समुदायमा केही उदाहरणीय काम गर्न सक्नुहोस्– शुभकामना ।
कपिल उप्रेती