साप्ताहिक संवाददाता
मंसिर १५, २०७५
इरिक हिन्कापी रामिरेजलाई कालाका स्कलको उपनामले पनि चिनिन्छ । १२ वर्षको उमेरमा आमाको देहवसान भएपछि उनले आफ्नो शरीरलाई विभिन्न ढंगले परिवर्तन गर्न थालेका हुन् । टाटु बनाउने साथी फेला परेपछि उनले आफ्नो शरीरमा व्यापक परिवर्तन ल्याएका छन् ।
पहिलो पटक ढाडमा आमाको तस्बिरको टाटु बनाएका इरिकले अहिले आफ्नो शरीरका अंगहरू काट्न थालेका छन् । उनले आफ्नो कान र नाकको टुप्पो काटेर हटाइसकेका छन् ।
आफूलाई जिउँदो कंकालमा परिणत गर्ने सोचमा रहेका इरिकले आगामी दिनमा आफ्नो लिंग समेत काट्ने योजना बनाएका छन् । इरिक चाहन्छन् मृत्युपछि उनको लासलाई धेरै गहिरो गरी गाडीयोस् किनभने उनी आफू अरूको लासभन्दा पछाडि बसेको हुनुपर्ने मान्यता राख्छन् ।