साप्ताहिक संवाददाता
क्रसको बर्थडे रै’छ आज, तर विस गर्न सकिएन । यतै सम्झेर मन बुझाइयो ।
सन्ध्या न्यौपाने
८४ लाख जीवमध्ये मानिसले मात्र धन कमाउँछन् तर विडम्बना अरू कुनै जीव भोको मर्दैनन् तर मानिसको पेट कहिल्यै भरिंदैन, असन्तुष्ट जन्तु ।
सञ्जय कोइराला
साँचो बोलेर केटी पट्याउँछु भन्नु र मुतेर मान्छे बगाउँछु भन्नु एउटै कुरा हो ।
दिलीप
दाजुहरू पनि सार्है हुतिहारा निक्लिए । उनीहरूलाई बिहे गर्न केटी मैले खोज्दिन पर्यो रे । तिनीहरूको ऋण खा’को छ र ? एउटी केटी खोज्न नसक्ने तोरीहरूले के गरिखालान् र जिन्दगीमा ?
माल्दाइ
एक जनाले जति पटक नि भोट दिन मिल्ने भएपछि त्यो भोटको के मूल्य हुन्छ ? जोसँग धेरै पैसा भो, उसैले जित्ने भो नि— नेपाल आइडल ।
सम्झना
एउटै उचाइमा उडिरहेका चराहरूमध्ये परेवाले आँगनमा तोरीको दाना देख्छ, कागले रछ्यानको जुठो भात देख्छ र गिद्धले बारीको सिनो देख्छ— जस्तो सोच, त्यस्तै दृष्टि ।
सन्तोष देवकोटा
कहिलेकाहीँ आफैंलाई अग्रिम श्रद्धाञ्जली दिनुहोस् । कता–कता ओभरटाइम बाँचेजस्तो लाग्छ र अलि सजिलो हुन्छ ।
ज्योति
जिन्दगीको लामो समय तिमीसँग बिताएको छु, अब अहिले मलाई छाडेर जाने कुरा नगर है ।
मनिता सुब्बा राई
श्रीमती र सूर्यमा के समानता छ ? तपाईंहरू दुवैलाई घुरेर हेर्न सक्नु हुन्न ।
इभा सिंह
मंसिर लाग्यो भनेर अविवाहितहरू खुसी हुनु त स्वभाविक हो, तर बिहे भैसक्याहरू चँै के खान उफ्रिएका हुन् ?
सञ्जु आले
सोच बदलौं, देश आफैं बदलिन्छ भनेर आफूले आफूलाई एउटा सामान्य मानिसबाट देशको प्रधानमन्त्रीसम्म सोचिसकें, खै केही हुँदैन त ?
सचिन पोखरेल
बरु काल नै आओस् तर कसैप्रति लभवाला फिलिङ्सचाहिँ नआओस् ।
अञ्जना अधिकारी
चिसो–चिसो मौसममा स्वास्थ्यको बढी ख्याल गर्नुहोस् । न्यानो कपडा लगाउनुहोस्, हरेक बिहान मनतातो पानी पिउनुहोस् । चिसो मन र मुटुलाई तातो बनाउनुहोस् । स्वस्थ जीवन, खुसी मन ।
मञ्जु कटुवाल
यो त्यही महिना हो जहाँ कैयौं प्रेमी छुट्छन् र सँगै मर्ने–बाँच्ने वाचाहरू टुट्छन् ।
मनोज मनु
भाग्यको कुनै भरोसा हुँदैन । हिजो मेरो बीएफ थियो, आज अर्कैको बूढो भयो भन्दैछिन् साइँली ।
दिव्या
मनमा बसेको भए थोरै ख्याल राख्नु, समय मिल्यो भने याद गर्नु, मेरो त बानी छ, तपाईंलाई याद गर्ने । तपाईंको मन दुखाएको भए माफ गर्दिनु ।
सुन भाले
नेताले देश बनाउँछु भन्नु र मैले जिएफ बनाउँछु भन्नु उस्तै–उस्तै भा’छ । बन्न त बन्छ तर कहिले भन्ने अत्तोपत्तो छैनन् भन्या ।
जोरस पौडेल
ए माया कहिले भक्तपुर, ए माया कहिले ललितपुर...भन्ने गीतचैं कोठा सर्दा–सर्दा दिक्क भा’को मान्छेले बना’को हुनुपर्छ ।
सरस्वती ढकाल
राम्रो नजरले हेर्नु भन्दैमा बाग्मतीको पानीलाई मिनिरल वाटर देख्नु पनि त भएन नि ।
बिन्ठु
मंसिरमा बे गरेर जाडो कम हुन्छ भन्ने बोको सोच राख्ने जातलाई केटा भनिन्छ रेन्त ।
आश्मा
चार–पाँच जना केटासँग अन्धाधुन्ध माया गर्छन् अनि भन्छन्— माया अन्धो हुन्छ रे । हाय यी केटीहरू †
मीत बा
जिन्दगी आफ्नै तरिकाले जिउने हो । मन मिल्नेहरू जोडिंदै जान्छन्, मन नमिल्नेहरू छोडिंदै जान्छन् ।
सपु देवकोटा
नुहाउन भनेर पानी तताएको, झुक्किएर चिनी र च्यापत्ती हाल्न पुगेछु । अब कहिले खाइसक्ने होला एक बाल्टिन च्या ?
सुनिलबाबु श्रेष्ठ