साप्ताहिक संवाददाता
यो वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई प्रदान गरियो । हरेक वर्ष नेपाली चलचित्र क्षेत्रका व्यक्तिलाई प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष प्रदान गरिएको थिएन् । अघिल्लो वर्षको पुरस्कार पनि यसै वर्ष कलाकार लय संग्रौलालाई प्रदान गरियो । यसै साता राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त २५ हजार राशी सहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
सोही कार्यक्रममा दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ पनि प्रदान गरिएको थियो । कलाकार मोहन निरौलाले आफ्ना आमा–बुबाको स्मृतीमा स्थापना गरेको दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार यसै वर्ष २ जनालाई प्रदान गरियो । अभिनेता उत्तम केसी र रंगपत्रकार विजय रत्न तुलाधरलाई जनही १० हजार राही सहित यो सम्मान प्रदान गरिएको हो ।
यस्तै, अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय रहेका थिए ।