साप्ताहिक संवाददाता
मंसिर २४, २०७५
मानिसको केश सज्जा कस्तो हुनुपर्छ ? यसको कुनै खास नियम छैन । अहिलेको जमानामा एकअर्काको देखासिकी वा नक्कल गर्ने परिपाटीमा केश सज्जा पनि पर्छ । मानिसहरू आफूलाई मनपर्ने हेयरस्टायल सुहाए पनि नसुहाए पनि प्रयोग गरेरै छाड्छन् ।
यसमा व्यक्तिको रुचिकै प्रमुख भूमिका हुन्छ तर इरानमा भने सरकारले तोकेको शैलीमा केश सज्जा गर्नुपर्छ अन्यथा व्यक्तिगत रुचिअनुसार केश सज्जा गरे त्यस्तो व्यक्ति एवं केश सज्जा गरिदिने हजामसमेतलाई आर्थिक जरिवानासहित कठोर सजाय दिइन्छ । यस्तै कानुन उत्तर कोरियामा पनि छ ।
त्यहाँ आम नागरिकले बनाउनुपर्ने केश सज्जाका सम्बन्धमा सरकारले सूचनानै जारी गरेको छ जसमा केही निश्चित केश विन्यास छन् । उत्तर कोरियामा त्यसको उल्लंघनलाई अपराध मानिन्छ ।