साप्ताहिक संवाददाता
विवाहलगत्तै नवदम्पती केही दिनका लागि एक–अर्कासँग एकान्त समय बिताउन यात्रामा निस्कने कार्यलाई नै हनिमुन भनिन्छ । त्यस क्रममा नवदम्पतीले एक–अर्कालाई राम्रोसँग चिन्ने– बुझ्ने मौका पाउँछन् । यो परम्परा पश्चिमा देश हुँदै नेपालसम्म आइपुगेको हो । हनिमुनका सम्बन्धमा सबैको मनमा धेरै प्रकारका जिज्ञासा हुन्छन् । विवाहपछि महिला तथा पुरुष दुवै नै उक्त समयका लागि निकै उत्साहित हुन्छन् ।
बेलायतमा १९ औं शताब्दीमा नवविवाहित जोडी विवाहलगत्तै छुट्टि मनाउने जाने परम्पराको थालनी भएको हो । त्यसपछि उक्त परम्परा बिस्तारै युरोपभर फैलियो । त्यतिबेला यसलाई ‘होनी मुन’ भनिन्थ्यो । पहिले हनिमुन विवाह सम्पन्न भएको पहिलो रातदेखि नै प्रारम्भ हुन्थ्यो, जसअन्तर्गत नवदम्पती विवाह लगत्तै यात्रामा निस्कन्थे, यद्यपि २१ औं शताब्दीमा यसको रूप परिवर्तन भएको छ । विवाहको तयारी तथा विभिन्न कामले गर्दा दुलाहा–दुलही निकै थकित हुने भएकाले उनीहरू विवाहलगत्तै केही दिन आराम गरेर मात्र हनिमुन जान रुचाउँछन् ।
हनिमुन मनाउने स्थल पुग्ने क्रममा यात्राको थकान हुनु स्वभाविक हो । उक्त थकान हटाउन हनिमुनको थालनी नै मसाजबाट गर्न सकिन्छ । यसका लागि दुवै जनाले ‘कपल मसाज’ गराउनु उपयुक्त हुन्छ । यसबाट आराम प्राप्त हुनुका साथै नव दम्पतीको मुड प्रेम गर्न तथा अगाडिको रोमाञ्चकताका लागि तयार हुन सहज बनाउँछ । हनिमुनको पहिलो दिन दुवै जना खाना समेत होटलको कोठामै मगाएर खान सक्छन् । चकलेट तथा स्ट्रवेरीका साथमा वाइन पनि कोठामै मगाएर खान सकिन्छ । हनिमुनका क्रममा नवदम्पतीले मोबाइलमा कामुक चलचित्र सँगै हेर्न सक्छन् ।
उनीहरूलाई रोमाञ्चकता प्रदान गर्छ । आफ्नो सम्पूर्ण ध्यान आफ्नो पार्टनरमै केन्द्रित गर्नुपर्छ । यसबाहेक हनिमुनका क्रममा सँगै नाच्ने, हरेक दिन नयाँ भित्री पहिरन लगाउने, रोमान्टिक वातावरण तयार पार्ने प्राइभेट डिनर गर्ने जस्ता काम गर्न सकिन्छ । यसका साथै हनिमुनका क्रममा शारीरिक सम्बन्ध राख्ने क्रममा एक–अर्कासँग कुराकानी गर्ने, पीडाबाट जोगिन गुणस्तरीय लुब्रिकेन्ट प्रयोग गर्ने तथा आत्मविश्वासलाई बढाउने शैलीका कामहरू गर्नुपर्छ ।