साप्ताहिक संवाददाता
‘नेपाल आइडल’ सिजन–२ को उपाधि धनगढीका रबि ओडले उचालेका छन् । उनले प्रतियोगिताको शिर्ष उपाधि सहित २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् । ग्राण्ड फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै रवी नेपाल आइडल सिजन–२ को विजेता भएका हुन् ।
प्रतियोगितामा पोखराका विक्रम बराल फष्ट रनरअप बन्न सफल भएका छन् । उनले २० लाख सहित वल्र्ड टुरको अवसर पाएका छन् । झापाका सुमित पाठक सेकेण्ड रनर अप हुँदै १२ लाख जित्न सफल हुँदा झापाकै अस्मिता अधिकारी थर्ड रनरअप बन्न सफल भएकी छिन् । उनले होन्डाको स्कुटर प्राप्त गरेकी छिन् ।
ग्राण्ड फिनाले ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको थियो । मैदानमा उपस्थित भएर फिनाले हेर्नका लागि ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट विक्री गरेको थियो ।
रवी सुदुरपश्चिमको धनगढीका हुन् । दलित सुमदायबाट प्रतिनिधित्व गरेका उनले गाला राउण्डमा सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट पाएका थिए । रवी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउाथो । उनी चार वर्ष देखि संगीतमा सक्रिय थिए ।
उनका हजुरबुवा पनि गीत गाउाथे । हजुरबुवाबाटै प्रभावित भएर उनले पनि गाउन थालेका थिए । रवीका बुवा इन्डियामा वाचम्यानका रुपमा काम गर्दै आएका छन् । रवी देउडा, लोकदोहोरी, ठाडो भाका, पप, हिन्दी नेपाली सबै प्रकारका गीत गाउँछन् ।