साप्ताहिक संवाददाता
चलचित्र ‘चौका दाउ’का पोस्टर रिलिज भएको छ । पुस २७ को रिलिज मिति नजिकिदैं गर्दा चलचित्र निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।
पुणेन्द्र झाले निर्देशन गरेको चलचित्रको केहि साता अघि ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक पोस्टरमा चलचित्रका शिर्ष कलाकारहरु अटाएका छन् ।
चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुङ्गाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।
अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायांकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बास्कोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी रहेका छन् ।