• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
श्रेयाको हत्या गर्ने कुसुमलार्ई जीवित रहेसम्म कैद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

श्रेयाको हत्या गर्ने कुसुमलार्ई जीवित रहेसम्म कैद
पुस १६, २०७५

नेपालमा बलात्कार तथा हत्याका घटनामा वृद्धि भैरहेको छ । यसरी विभिन्न घटना घटिरहे पनि कतिपय अपराधी पक्राउ पर्दैनन् भने पक्राउ परेकाहरूले पनि विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वसाधारण सन्तुष्ट छैनन् । यद्यपि यही समयमा पोखरामा घटेको एक घटना र त्यसका अपराधीले पाएको सजायका कारण पीडितले न्याय पाउने आशा थपिएको छ । 

कास्की जिल्ला अदालतले पोखरा महानगरपालिका २२ (पुम्दी–भुम्दी) की श्रेया विकको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई जीवित रहेसम्म कैदमा राख्ने गरी जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट मंसिर १७ गते कसुर ठहर निर्णय भएकोमा पुस ४ गते सजाय निर्धारण भएको हो । कुसुमविरुद्ध असोज २२ गते कास्की जिल्ला अदालतमा ‘जर्बजस्ती करणी गरी कर्तव्य ज्यान’ मुद्दा दायर भएको थियो । कुसुम पौडेलले अपराध स्वीकार गरेका कारण अदालतमा मुद्दा दायर भएको ५७ दिनमा कसुर ठहर निर्णय भै ७३ दिनमा सजाय निर्धारण निर्णय भएको हो । नेपालको न्यायिक इतिहासमा कसुरदार जीवित रहेसम्म कैदमा राख्ने गरी भएको यो पहिलो फैसला हो । भदौमा जारी भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा विभिन्न ६ प्रकृतिका मुद्दामा जीवित रहेसम्म कैदमा राख्न सक्ने व्यवस्था छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर राना सहितको टोलीले उक्त घटना सार्वजनीक भएको एक दिन बित्न नपाउँदै हत्या गरेको आरोपमा कुसुमलाई पक्राउ गरेका थियो । वादीको पक्षबाट जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी तथा पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए । प्रतिवादीको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेको थिए । सबै पक्षको सहयोगका कारण छोटो समयमा फैसला गर्न सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले बताए । पौडेलविरुद्ध पोखरा २२ का मीनबहादुर विकले किटानी जाहेरी दिएका थिए । 

सुरुमा बलात्कार गर्न खोजेको र श्रेयाले प्रतिकार गर्दा घाँटीले थिचेर बेहोस बनाएको र बलात्कार गरिसकेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । स्याङ्जा आरुखर्क घर भएका पौडेल पोखरा–२२, पुम्दीभुम्दी कोदीमा बस्दै आएका थिए । श्रेया भने मामाघर बसेर स्थानीय लीला प्राथमिक विद्यालयमा कक्षा ३ अध्ययनरत थिइन् । 

श्रेया यसरी भएकी थिइन् कुसुमको सिकार

९ वर्षीया श्रेया विक कुसुम पौडेलसँग चिनजानकै व्यक्ति थिइन् । विदेशबाट फर्किएपछि घर बनाउने लेबरको काम गर्ने कुसुम गत असोज ८ गते फुर्सदमा थिए । फुर्सदको समयमा उनलाई रक्सी पिउन मन लाग्यो अनि उनले पोखरा–२२ स्थित हेमबहादुर विकको पसलमा पुगी साथी प्रकाश बराल सँगैै रक्सी पिए । केही समयमा राजकुमार विक पनि त्यहाँ पुगे । फोन गरी कालीमाटीका दुई जना साथी सागर र राजेश ठकुरीलाई समेत त्यहीं बोलाइयो अनि सबै मिलेर रक्सी पिए । त्यहाँ केही रक्सी पिएपश्चात् उनीहरू केही रक्सी लिएर टुनीपाखा भन्ने ठाउँमा जान्छन् अनि थपिन्छन् सुशील बराल पनि । रक्सी र गाँजा खाएर तीन–चार बजेतिर पानी पर्न लागेकाले उनीहरू उदय केसीको पसलमा ओत लाग्न पुग्छन् । त्यहाँ ओत लाग्दा फेरि बचेको रक्सी तथा गाँजा खान्छन् । करिब साढे ४ बजेतिर कुसुमले सुशील र प्रकाशलाई घर जाम भन्छन् । साथीहरूले तिमी जाँदै गर, हामी आउँदै गर्छौं भन्छन् । त्यसपछि कुसुम त्यहाँबाट तल झरेर आफ्नो घरतिर लाग्छन् । बाटोमा कुसुम अस्मिता लामिछानेको घरमा पानी पिउनुप¥यो भनी पुग्छन्, तर अस्मिताले ढोकाको चाबी छैन भनेकाले कुसुम चुरोट लीन भनी तल पसलतिर लाग्छन् । बाटोमा श्रेया विकको मामाको घरभन्दा करिब ६०–७० मिटर तल एउटा सानो मन्दिर छ । त्यहाँ श्रेया विक फेला पर्छिन् । कुसुमले निजलाई चकलेट खाउ नानी भनी ५ रुपैयाँ दिन्छन् । त्यसपछि कुसुम ३०–४० मिटर तल गै त्यहाँ रहेको पुरानो घरको आँगनको डिलमा बसी १० रुपैयाँको नोट निज श्रेया विकलाई देखाउँदै पुनः बोलाउँछन् । 

श्रेया त्यहाँ पुग्छिन् र कुसुमले उनलाई १० रुपैयाँ दिन्छन् । कुसुम रक्सी र गाँजाको तालमा मस्त थिए । त्यही तालमा कुसुमले श्रेयालार्ई झाडीमा धकेलिदिन्छन् । श्रेया उत्तानो पर्छिन् र चिच्याउन थाल्छिन् । कुसुमले अरुले थाहा पाउँछन् कि भनेर दुवै हातले करिब १ मिनेटसम्म निजको घाँटी अँठ्याउँछन् । त्यसपछि एउटा हातले श्रेयाको सुरुवाल खोली आफ्नो दाहिने हातको चोर औँला निजको योनिमा घुसाई चार–पाँच पटक भित्र–बाहिर गर्छन् । श्रेया बेहोसजस्तै हुन्छिन् । त्यसपछि कुसुमले श्रेयाकोे निधारमा एकपटक ढुङ्गाले हान्छन् अनि फेरि घोप्टो पारेर पछाडि कन्चटमा २ पटक ढुङ्गाले हान्छन् । आफूले हानेको ढुङ्गाले निजको पछाडि कन्चटमा लागेर झर्ने क्रममा टीकाराम बराल भन्ने साथी माथि उक्लिँदै गरेको देख्छन् । घटना भएको उनले थाहा पाउँछन् भन्ने डरले कुसुमले टिकारामलाई यो बाटो नजाउ, यता खतरा छ भनी अर्को बाटो पठाइदिन्छन् । त्यसपछि २–३ सय मिटर तल घैयाँखेत भन्ने ठाउँभन्दा अलिकति माथि मूल फुटेको ठाउँमा पुगेर पानीले हातखुट्टा धुन्छन् । त्यसपछि उनी कुलप्रसाद बरालको पसलमा गै २० रुपैयाँको खुकुरी चुरोट किनी एउटा चुरोट त्यही खाई रामजी बरालको घर पुग्छन् । त्यहाँ कुसुमकी श्रीमती दूध लिन पुगेकी हुन्छिन् । त्यसपछि उनी श्रीमतीसँग घरतर्फ लाग्छन् । फेरि उनी खिर खान भनी टीकाराम बरालको घरमा दूध लिन जान्छन् । त्यही बेला उनले साथीहरूले मान्छे मारेर फालेको हुँदा खतरा छ भन्छन् । त्यसपछि उनी दूध लिएर घरमा आई खीर बनाएर खाई सुत्छन् । भोलिपल्ट बेलुका ७ बजेतिर प्रहरीले उनलाई घरबाटै पक्राउ गर्छ । प्रहरीसमक्ष कुसुमले श्रेया विकको योनिमा आफ्नो हातको औँला घुसाई ४–५ पटक भित्र बाहिर गरेको हुँ । करणी गर्ने उद्देश्य थिएन । निजलाई मैले नै मारेको हुँ । रक्सी र गाँजाको तालमा त्यस्तो गरेँ भन्दै अपराध स्वीकार गरेका थिए । कास्की जिल्ला अदालतको बयानमा समेत कुसुमको त्यही भनाई आउँछ । 

यस्तो अवस्थामा भेटिएको थियो श्रेयाको शव

श्रेयाको शव असोज ९ गते कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नम्बर–२२, पुम्दी भुम्दी, कोदीस्थित बरालहरूको कुल मन्दिरको पूर्वतर्फ रहेको भिरालो जङ्गलमा फेला परेको थियो । उनको शव पश्चिम टाउको, पूर्व खुट्टा गरी घोप्टो अवस्थामा थियो । उनको शरिरमा लगाएको रातो रंगको टि–सर्ट छाती भन्दा माथिसम्म खिचिएको, तलतर्फ लगाएको रातो सेतो रङ्गको भेलबेटको सुरुवाल र कालो पेन्टी बायाँ खुट्टा बाट निकाली दाहिने खुट्टाको घुँडामुनि रहेको, मृतकको टाउकोमा ३४ इन्च गोलो साढे दूई इन्च मोटो बाक्लो ढुङ्गा र लाम्चो आकारको ८ इन्च लामो ४ इन्च मोटो ढुङ्गाले थिचिएको अवस्थामा थियो । उनको टाउको थिचिई जमिन खोस्रिई अनुहारको भाग जमिन मुनी रहेको अवस्थामा फेला परेको थियो । 

जीवित रहेसम्म कैदमा

‘मृतक ९ वर्षकी नाबालिग रहेकी र निजलाई जबरजस्ती करणी गरी निर्मम हत्या गरेकोले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ (३) (क) बमोजिम २० वर्ष कैद हुने ठहर्छ । ऐजन ऐनको परिच्छेद १२, ज्यान सम्बन्धी कसुरमा दफा १७७ (२) मा उपदफा (१) बमोजिम कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानूनी व्यवस्था छ भने ऐजन ऐनको दफा ४१ मा जबरजस्ती करणी गरी ज्यान मारेकोमा कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७ (२) तथा दफा ४१ बमोजिमसमेत सजायको माग दावी रहेको देखिंदा प्रतिवादीले कर्तव्य गरी ज्यान मारेकोमा दफा १७७(२) बमोजिम जन्मकैद र जबरजस्ती करणी गरी ज्यान मारेकोमा दफा ४१ (च) को कसुर ठहरी फैसला भएकाले दफा ४१ बमोजिम कसुरदार जीवित रहेसम्म कैद गर्ने ठहर्छ ।’ फैसलामा भनिएको छ ।

क्षतिपूर्ति समेत पाउने

अदालतको फैसलामा श्रेया विकको परिवारलाई क्षतिपूर्तिसमेत भराइने कुरा उल्लेख छ । क्षतिपूर्तिबापत कुसुम पौडेलको अंश भागबाट मृतकका हकवाला आमाले एक लाख पाउने ठहरेको हो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८६ नम्बर बमोजिम उक्त क्षतीपुर्तीको रकम मुद्दाको अन्तिम किनारा लागेपछि मात्र मृतकका हकवालाले प्राप्त गर्नेछन् ।

ऐतिहासिक फैसला

पौडेल माथि भएको जन्मकैदको फैसला नेपालको न्यायिक इतिहासमा ऐतिहासीक फैसला भएको महिला अधिकारवादीहरूले बताएका छन् । यो फैसलाका कारण यस्ता प्रकृतिका घटनामा कमी आउन सक्ने अपेक्षा उनीहरूको छ । यसैगरी अदालतले गरेको सजाय प्रति पिडित पक्षको समेत सकारात्मक प्रतिक्रिया छ । श्रेयाकी आमाले अदालतले गरेको फैसलाले दुखेको घाउमा केही मात्रामा भए पनि मल्हम लगाउने काम गरेको प्रतिक्रिया दिइन् । आगामी दिनमा यस्ता घटना हुन नदिन अभिभावकहरूसमेत सचेत हुनुपर्ने उनको आग्रह छ । आफ्ना बच्चा कता छन्, के गर्दैछन् निगरानीमा राख्नुपर्ने र एक्लै घरबाहिर पठाउन नहुने रहेछ भन्ने आफुलाई लागेको उनले बताइन् । कास्की जिल्ला अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले यस्ता फैसलाले अपराध न्यूनिकरणमा समेत टेवा पुग्ने बताए । ‘भदौमा जारी भएको मुलुकी अपराध संहितामा ६ वटा अपराधमा आजीवन काराबास हुन सक्ने व्यवस्था छ । सोही अनुसार फैसला सुनाइएको हो,’ उनले भने । यसले ‘अपराध गर्दा कस्तो कारबाही भोग्नुपर्ने रहेछ भनेर उदाहरण पनि दिएको छ । आपराधिक मानसिकता भएकाहरू यस्ता फैसलाबाट पक्कै हच्किनेछन्’ स्रेस्तेदार पौडेलले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik