साप्ताहिक संवाददाता
गायक पूर्ण लिम्बु र गायिका मेलिना राईको नायाँ गीत सार्वजनिक भएको छ । समाज सेवामा पनि क्रियाशिल गायक लिम्बुले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । प्रेम कृष्ण बजगाईंको शब्द र संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियो चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।
भिडियोमा अभिनेता आकाश श्रेष्ठ र वर्षा शिवाकोटीको अभिनय रहेको छ । सुदिप बरालको छायांकन रहेको भिडियोमा अहिलेका चर्चित नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस भिडियोमा वर्षा र आकाशको जोडी निकै सुन्दर देखिएको छ ।
गायक पूर्ण लिम्बुले समाज परिवर्तन अनुरुपका गीतहरुनै बजारमा लिएर आएका छन् । तर यसपटक उनि केहि फरक हिसाबले प्रस्तुत हुन खोजेका हुन् । उनको यसपटकको गीतमा प्रेम भाव समेटिएको छ र प्रेम जोडीहरुको लागि बिशेष यो गीत तयार गरिएको छ । पूर्ण लिम्बु नेपाली गीत संगीत क्षेत्रमा आफुलाई फरक ढंगले अगाडी बढाई रहेका एक गायक हुन् ।
सानु मायाको म्यूजिक भिडियो :