साप्ताहिक संवाददाता
गायक विश्व नेपाली आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामा आएका छन् ।
‘मीठो साह्रै मीठो...’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुन: एकपटक नयाँ गीतको भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा....’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् ।
गीतकार एकनारायण भण्डारीद्वारा रचना गरिएको उत्त: गीतमा आशिष अविरलको संगीत निर्देशन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् । अष्ट्रेलियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् ।
भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानियाँ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्राफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।
कवि देवकोटाको म्युजिक भिडियो :