साप्ताहिक संवाददाता
पुस २२, २०७५
रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक कति राम्री बोलको गीतलाई वजारमा ल्याएका छन् ।
१० बर्ष पहिले अस्ट्रेलिया गएका गायक पोखरेलले २ दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका छन् । गायक पोखरेलका रातो रिबन, काली मोरीले, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे, कती बज्यो भनेर सोधम लगायतका गीत चर्चित भएका थिए । गायक ईश्वर पोखरेलको स्वर, एक नारायण भण्डारीको शब्द, आशीष अबिरल को संगीत रहेको कति राम्री बोलको गीतमा रविन भुजेल र सारा श्रीपाईलीको अभिनय रहेको छ । उनिहरुलाई नेपाली ठिटोज समूहले नृत्यमा साथ दिएका छन् । सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग प्रेमिकाको तुलना गर्ने कोसिश गरिएको छ ।
भिडियोमा हेर्नुहोला