साप्ताहिक संवाददाता
पुस २६, २०७५
इन्डोनेसियामा सामूहिक विवाह लोकप्रिय हुँदै गएको छ । विवाहमा दुलाहाले दुलहीलाई दिनुपर्ने सुनको गहना सरकारले नै व्यवस्था गरिदिएपछि यो विवाहले लोकप्रियता पाएको हो । प्रत्येक अंग्रेजी वर्षको अन्तिम दिन सरकारले जकार्ता सहरमा सामूहिक विवाहको आयोजना गर्छ ।
यसपटक विवाह गर्न ५ सय जोडी सहभागी भएका थिए । गत वर्ष सम्पन्न सामूहिक विवाहमा इस्लामिक स्टेट समर्थकले आक्रमण गरेपछि यो वर्ष सरकारले विवाह स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो ।