• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विष्णु माझीलाई जसरी पनि बाहिर ल्याउनुपर्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विष्णु माझीलाई जसरी पनि बाहिर ल्याउनुपर्छ
पुस २८, २०७५

गत साता साप्ताहिकमा प्रकाशित कभर स्टोरीको अनलाइन संस्करणमा आएका केही प्रतिक्रिया :

विष्णु माझीमाथि उनका कथित पति सुन्दरमणि अधिकारीबाट चरम श्रम शोषण भएको छ भन्ने अनुमान लगाउन सकिन्छ । जहिलेसम्म विष्णु माझीको स्वर बजारमा बिक्छ उनका कथित पतिले शोषण गरिरहनेछन् । जब स्वरले साथ छोड्छ उनलाई गलहत्याएर निकालिनेछ । यसमा विष्णु माझी लगायत उनका आफन्त बेलैमा सजग हुनुपर्छ । 

शमशेर गुर्माछाने 

हरेक कुरालाई नराम्रो नजरले हेर्ने हाम्रो बानी । बिष्णु माझीको आफ्नै केही कारण वा समस्याले गर्दा जनमानसमा अगाडि नपरेको हुनसक्छ, यो विषयमा अन्यथा टीकाटिप्पणी गरेर गर्नु वा व्यक्तिगत जीवन खोतल्नु गलत हो । यो विष्णुको आफ्नै व्यक्तिगत चाहना पनि हुन सक्छ । विष्णु मिडिया र जनमानसमा देखिन चाहन्नन्, नेपालमा मात्र होइन संसारभर यस्ता थुप्रै कलाकार छन् जो आफ्नो नाम धेरै चर्चित भए पनि अनुहार पर्दा पछाडि राख्न नै रुचाउँछन् । विष्णुका श्रीमान्ले उनलाई शोषण गरेको भनेर कसले ठोकुवा गर्न सक्छ ? यस्तो चर्चित व्यक्तिको यदि कसैले शोषण गरेको भए विष्णुले पहिले नै मिडिया वा कानुनी सहायता लिन्थिन् होला । यदि यति चर्चित भएर पनि उनी शोषणकै सिकारमा छिन् भने यो उनको आफ्नै गल्ती हो । उनी लुकेर स्टुडियोमा पस्नुअगाडि कानुनको ढोका ढकढक्याउन जानुपथ्र्यो, तर मलाई लाग्छ आफ्नै इच्छाका कारण उनी गुपचुप छिन् । पत्रकार महोदयहरूसँग मेरो आग्रह छ– काम गरी खाइरहेकाहरूलाई गरिखान दिनुस्, अध्ययन–अनुसन्धान गर्न नेपालमा 

अन्य थुप्रै विषय छन त्यता ध्यान दिऊँ । 

अरुण तिमिल्सिना 

विष्णु माझीको वास्तविक कुरा सञ्चार माध्यममा आउनैपर्छ । आजको जमानामा कुनै पनि नारी भूमिगत बस्न चाहँदैनन् । विष्णु माझी भूमिगत हुनुको कारण सुन्दमणि अधिकारी नै हुनुपर्छ ।

सन्तोष निरंकारी 

विष्णु माझीले गाएका गीत सुन्दा कसको मन पग्लिँदैन र ? विष्णु माझीले गाएका गीतले लाखौंलाख भ्युज पाउँछन् । हामी उहाँले गाएका गीत सुन्छौं तर उहाँलाई देख्न नपाउँदा धेरै दु:ख लाग्छ । देवी घर्ती, चन्द्रकला बिसी, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, राधिका हमाल, सन्ध्या बूढा, शान्तिश्री परियार, मीना लामा आदि धेरै गायिकालाई गाउने बेलामा देख्छांै, तर बिष्णु माझीलाई नदेख्दा दु:ख लाग्छ । अब आउने दिनहरूमा विष्णु माझीलाई पनि देख्न पाउँ र सञ्चार मामध्यमले पनि उनलाई बाहिर ल्याउने प्रयास गरोस् । 

लभ्ली केसी 

विष्णु माझी बाहिरी वातावरण मन पराउँदिनन् जस्तो लाग्यो अन्यथा यति धेरै प्रशंसकले माया गर्दा बाहिर नआउने कुनै कारण छैन ।

लीलानाथ पंगेनी 

यदि सुन्दरमणिले नै बन्धक बनाएको हो भने कलाकारहरूका संघ–संगठनले एक दशकसम्म के हेरेर बसिरहेका छन् त आवाज नउठाई ? अर्को कुरा विष्णुु माझीलाई बन्धक बनाइएको हो भने र उनीमाथि त्यस्तो अमानवीय कार्य भैरहेको हो भने आफूले सहन नसक्ने अवस्थामा त आफैं कुनै न कुनै माध्यमबाट बाहिर आउनुहुन्थ्यो होला नि ? कुनै पनि कुराको सकारात्म–नकारात्मक टीकाटिप्पणी गर्नुअघि हामीले त्यसभित्रको वास्तविकता के छ, गहिरिएर बुझ्न जरुरी छ । सबै कुरामा उनका श्रीमान् सुन्दरमणिलाई मात्र दोष दिएर हुँदैन । किनभने विष्णु माझीलाई यसरी नै भूमिगत भएर बस्न अनि गीत मात्र बजारमा पठाउन मन लागेको हो कि ?

कपिल भट्ट

सबैलाई थाहा छ, वर्षौं भैसक्यो, फेरि यी सञ्चार मामध्यमहरू किन चुप ? अब खोज्न जरुरी छ, अहिले नभए कहिले खोज्ने ? जाग हाम्रा पत्रकार तथा मिडियाकर्मीहरू ।     -प्रदेशी ज्ञानु श्रीनेट 

विष्णु माझीलाई जसरी पनि बाहिर ल्याउनुपर्छ । सत्यतथ्य खोज्नुपर्छ विचरा बुवा–आमाले कति खोजिरहेका छन् ? यो सुन्दरमणि भन्ने व्यक्तिले उनको श्रमशोषण गरेको छ । किन बन्धन बनायो त विष्णु माझीलाई ? यसबाटै कुरा बुझिन्छ नि । 

देव मंगोल 

सत्यतथ्य के हो ? वास्तविकता बाहिर आउनुपर्‍यो ।

किशोर पुन

विष्णु माझी देशकै गहना हुन् । उहाँको सत्यतथ्य खोजी हुनुपर्छ अनि माझीका दुलाहाविरुद्ध कारबाही गर्नुपर्छ, यो त 

अति भयो । 

स्याङ्जाली देव 

जबसम्म स्वयं विष्णु माझी बोल्दिनन्, तबसम्म यो समस्या सामाधान हुँदैन ।

पुन धन 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik