दोस्रो रामपुर आइडल सैलिसा

- माधव अर्याल

माघ ९, २०७५

 

‘दोस्रो रामपुर आइडल’ को उपाधि रामपुरकी सैलिसा रानाले जितेकी छन् । उत्कृष्ट नृत्य प्रतिभा छनोट गरी नयाँ पुस्तालाई प्रोत्साहित गर्न रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । अन्तिम १२ प्रतिष्पर्धीलाई पछाडि पार्दै सैलिसा ‘दोस्रो रामपुर आइडल’ घोषित भएको कार्यक्रम संयोजक प्रेमप्रकाश श्रेष्ठले बताए । पहिलो अडिसनमा सहभागी २७ जना थिए । 

त्यसबाट १२ जना दोस्रो चरणमा प्रवेश गरे । उनीहरु मध्ये पुन: चार जनाले अन्तिम छनोटमा मौका पाएका हुन् । दर्शकको भोटको आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अंकको आधारमा उनी आइडल बन्न सफल भएकी हुन् । त्यसअघि नै पहिलो चारणमा दुई, दोस्रो चरणमा तीन र तेस्रो चरणमा तीन जना बाहिरिएका थिए । उत्कृष्ट भएसंगै सैलिसाले नगद ३० हजार र गिफ्ट हेम्पर पाइन् । 

प्रतियोगितामा चार जना मध्येबाट एसएमएस भोटका आधारमा उत्कृष्ट छनोट गरिएको थियो । प्रतियोगितामा फस्ट रनरअप रामपुरकै श्वेता रुचाल भईन् । प्रतिस्पार्धामा सेकेन्ड रनरअप रामपुरकै सिन्धु श्रेष्ठ भइन् । सहभागी समीक्षा देवकोटाले सान्तवना पुरस्कार पाइन् । उनीहरुलाई क्रमश २० हजार र १० हजार र ५ हजार नगदका साथै ट्रफी प्रदान गरियो । 

पूर्व अर्थमन्त्री महेश आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल र दिव्यतारा ईन्टरप्राईजेजका सञ्चालक सिदार्थ शाक्यले पुरस्कार तथा ट्रफि प्रदान गरे । कार्यक्रम संयोजक प्रेमप्रकाश श्रेष्ठले अनुसार कालीगण्डकी बेँसीका लोक नृत्यका साथै नयाँ प्रतिभा छनोट गर्न आइडल राखेको बताए । आइडलमा निर्णायकको भुमिका लोकेन्द्र शाह र गीरमान कुमालले गरेका थिए । आइडलका लागि दिव्य तारा इन्टरप्राईजेजले प्रायोजन गरेको थियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान क्षेत्रीय कार्यसमितिले संयोजन गरेको प्रतिस्पर्धामा २७ जनाले सहभागीता जनाएका थिए । 

प्रकाशित :माघ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×