साप्ताहिक संवाददाता
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा राइजिङ् स्टार सलिनमान बानियाँ र मालिका महतको प्रेम र मित्रता साथै चलचित्रका सम्पूर्ण कलाकारको लुक्स अटाइएको छ ।
यात्राको क्रममा आउने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल लगायतका कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् ।
साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा कमाएका अंकित संग्रौला र एन्जल राईले अभिनय गरेका छन्् । सम्राट शाक्यको कथा तथा निर्देशन रहको चलचित्र केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।