साप्ताहिक संवाददाता
बधाई छ जुम्ल्याहा टिकटक जोडीलाई । स्वर, स्टायल, अनुहार, हँसाइ, बोलाइ सबै राम्रो छ । तपाईंहरूले निर्माण गर्ने धेरैजसो गीतचाहिँ नेपाली रिमिक्स र नेपाली फिल्मी गीतकै होस् ।
विनोद पौडेल
एउटा सानो योजनाका निम्ति पनि नियम आवश्यक हुन्छ । (पारिश्रमिक नपाउनेहरू) यदि नियमअनुसार चलेको छ भने योजना सफल हुने ८० प्रतिशत सम्भावना हुन्छ । अभिनय गर्ने क्रममा जब कलाकारलाई आफ्नो श्रमको प्रतिफल नआउने तनाव हुन्छ तब उसले कसरी आफ्नो क्षमता स्वतन्त्र तरिकाले प्रस्तुत गर्न सक्छ ? अनि कसरी त्यो सिनेमाले सफलता प्राप्त गर्नु ?
भीम थापा
केही अघोरीले सार्वजनिक रूपमै मृत शरीरसँग यौनसम्पर्क गरेको कुरा स्वीकार गरेका छन † सुन्दै अचम्मित पार्ने, दिगभ्रमित तुल्याउने कुरा । (के अघेरीहरू साँच्चिकै डरलाग्दा हुन्छन् ?) यसरी मृत शरीरसँग यौनसम्पर्क गर्ने, सामान्य मानवीय मूल्य–मान्यता पालना नगर्ने के हामी मनुष्य नै हौं ? मैले त यसरी बुझेँ— मृत्यु भएको शरीर बलात्कार गर्नेलाई अघोरी भनिँदो रहेछ ।
सूर्य घिसिङ
अघोरीहरू शिवजीका महाभक्त हुन् भने (के अघोरीहरू साँच्चिकै डरलाग्दा हुन्छन् ?) मान्छेको मासु खानु भनेको जीवनसित निराश हुनु हो ।
राम राना
बेला–बेला त समाचार पढ्दा पनि मन प्रफुल्लित हुन्छ । (इन्काउन्टरमा मारिए भैरहवाका डन) पीडितहरूका लागि योभन्दा ठूलो समाचार अरू केही हुँदैन ।
हेम घिमिरे, रामकृष्ण बजगाईं
यो घटना भयो, आफ्नो ठाउँमा छ तर यसरी उषा–किरणको नाम जोडेर हाइलाइट गर्दा गुन्डाकै आफन्तमा प्रतिशोधको सिर्जना हुन सक्छ र भोलि फेरि अर्को दुर्घटना हुन सक्छ । (इन्काउन्टरमा मारिए भैरहवाका डन) त्यसैले समाचार सम्प्रेषण गर्दा थोरै भए पनि संयम अपनाउनु उपयुक्त हुन्छ ।
ध्रुव मोती
कुमोद ढुंगाना जहाँ पुग्छन् त्यहाँ प्रहरी आतंक चल्छ । (इन्काउन्टरमा मारिए भैरहवाका डन) किनभने उहाँमा मान्छे मार्ने लत बसेको छ ।
प्रेम तामाङ
जति खर्च गरे पनि, जुन कलाकारलाई अभिनय गराए पनि सिनेमाले दर्शकलाई अन्तरआत्मादेखि सन्तुष्टि प्रदान गर्न सक्दैन (कहाँ चुक्यो भिलेन ?) केही अपवादबाहेक । किनभने त्यसका निम्ति फरक सोच आवश्यक छ, नेपाली दर्शकको मनोवैज्ञानिक चाहना सम्बोधन गर्ने । सबै चिजबिजमा परिवर्तन आएको छ, त्यसैले नेपाली सिनेमा निर्माण गर्नेहरूको मानसिकता पनि परिवर्तन होस् ।
भीम थापा
पुस–माघको जाडोमा वर्षा कहाँ हुन्छ त ? (चौका दाउ : लगानी उठाउन धौधौ) यो बेला त चिसो स्याँठ नै चल्छ ।
रमन श्रेष्ठ
जवानी सम्हाल्यो भने त्यो अघि बढ्छ, उसले अथाह पैसा कमाउन सक्छ । (जवानी एक अर्थ अनेक) तर ऊ जवानी सकिएपछि पछुताउँछ, जीवनमा निराशा छाउँछ । त्यसैले जवानीसँगै चल्न सिक्नुपर्छ, पछुतो त हुन्छ धनको, जीवन निराशचाहिँ हुँदैन ।
राम राना
अथाह सम्भावनाले मात्र के गर्न सकिन्छ र ? (नेपालमै अथाह सम्भावना छ) पुँजीवाद र सामन्तवाद हावी भएको देशमा कुनै अवसर देख्नुहुन्छ भने तपाईंले दिने अवसरको ग्यारेन्टी लिनुहोस्, जुन अवसरले चार जनाको परिवारलाई आज खायो, भोलि के खाने भनेर सोच्नुपर्ने अवस्था सिर्जना होस् । त्यसपछि मात्र अथाह अवसरभन्दा राम्रो होला कि ?
नेपाली केटो
हामीलाई अथाह होइन, थाह सम्भावना चाहिएको हो । (नेपालमै अथाह सम्भावना छ) । लटरपटर कुराभन्दा ठोस कुरा गर्नुपर्यो ।
चन्द्र मेघी गुरुङ