साप्ताहिक संवाददाता
माघ १६, २०७५
इटालीको पिसा सहरस्थित विश्वप्रसिद्ध ढल्किएको धरहरालाई त्यहाँका वैज्ञानिकहरूले अब सीधा बनाउने भएका छन् । इटालीको बेजोड इन्जिनियरिङको नमुना मानिने यो धरहरा ५६ मिटर अग्लो छ ।
सन् १९७३ मा निर्माण गरिएको यो धरहरा बनाउने क्रममै एकातर्फ १५ डिग्रीसम्म ढल्किएको थियो । ११ वर्षअघि सन् १९९० मा यसको ढल्काइ बढ्दै गएपछि त्यहाँको सरकारले यो धरहरा पर्यटकहरूका लागि बन्द गरेको थियो ।
त्यसपछि मर्मतको क्रममा रहेको यो धरहरालाई सन् २००१ मा ४१ मिटरसम्म सीधा गरिएको थियो । अब यसलाई अझै केही सीधा गरिने इन्जिनियरहरूले बताएका छन् ।