साप्ताहिक संवाददाता
माघ १७, २०७५
गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको युगल स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आनन्द अधिकारीले लेखेको ‘कर्के नजर’ बोलको सार्वजनिक गीतमा आशिष अबिरलले संगीत तथा संगीत संयोजन गरेका छन् ।
गीतमा भाइब एण्ड वेब ग्रुपको बेजोड प्रस्तुति रहेको छ । राहुल शाहले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अलीशा शर्मा र राहुल शाहले अभिनय गरेका छन् ।
गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम ‘संग संगै’ मा समावेश यो गीत अघि ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत सार्वजनिक भैसकेका छन् ।
कर्के नजरको म्यूजिक भिडियो :