साप्ताहिक संवाददाता
माघ २१, २०७५
चलचित्र ‘गुप्त’ को आइटम गीत ‘म आँखा मारिदिन्छु’ सार्वजनीक भएको छ । गीतमा अभिनेत्री सुष्मा कार्कीको आइटम नृत्य हेर्न सकिन्छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ भने संगीत सजन श्रेष्ठको छ ।
राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । चलचित्रलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् ।
शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको चलचित्रलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।
चलचित्रमा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतको भिडियो :