साप्ताहिक संवाददाता
यसैसाता बाट हल प्रदर्शनको तयारीमा रहेको चलचित्र समर लभको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुनासो छैन’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । गीतमा रिकेश गुरुङको स्वर सुन्न सकिन्छ । लिरिकल भिडियोमा चलचित्रका शिर्ष कलाकार आशिष पिया र रेवती क्षेत्रीको विछोडको पीडा देखाइएको छ ।
चलचित्रमा आशिष अतितको भूमिकामा देखिएका छन् भने रेवती ‘साया’ बनेकी छिन् । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार गरेका हुन् भने संवाद सुविन र सामिप्यले संयुक्त रुपमा तयार पारेका छन् ।
चलचित्रमा आशिष र रेवतीसँगै नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी लगायका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।
स्वप्न शंकर, मनोज बिक सहायक निर्माताको रुपमा रहेको यस चलचित्रलाई संजय लामाले खिचेका छन् भने सम्पादनको जिम्मा अर्जुन जिसीले लिएका छन् । चलचित्र माघ २५ अर्थात यहि शुक्रबारबाट रिलिज हुँदै छ ।
गुनासो छैन् केहिको भिडियो :