साप्ताहिक संवाददाता
माघ २३, २०७५
काठमाडौं
चर्चित टिभी अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छन् । उनको शव हैदरावादस्थित आफ्नै फल्याटको पंखामा झुन्डिएको अवस्थामा यहि मंगलवार फेला परेको थियो ।
अहिले उनको शव पोस्टमार्टमका लागि गान्धी अस्पतालमा राखिएको छ ।
भारतीय प्रहरीका अनुसार २१ वर्षे झाँसी फ्ल्याटमा एक्लै बस्थिन् । स्रोतका अनुसार झाँसी पछिल्लो समय एक युवकसँग प्रेममा थिइन् । प्रेममा धोका खाएका कारण उनले आत्महत्या गरेको हुनसक्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।
थुप्रै धाराबाहीक चलचित्रमा काम गरिसकेकी यि अभिनेत्रीले पछिल्लो समय ब्युटिपार्लर समेत चलाउँदै आएकी थिइन् ।
उनको आत्महत्याको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।