साप्ताहिक संवाददाता
माघ २५, २०७५
हालै स्वीजरल्यान्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा प्रस्तुत गरिएको एउटा प्रतिवेदनअनुसार सन् २०५० सम्म हामीले प्रयोग गर्ने ग्याजेट आधारित कवाडले निकै ठूलो समस्या निम्त्याउनेछ । अहिले संसारभरि हरेक वर्ष ४ करोड ४७ लाख टन इलेक्ट्रोनिक कवाड निस्कन्छ ।
जुन सन् २०५० सम्ममा १२ करोड टन पुग्नेछ । यस्ता इलेक्ट्रोनिक कवाडलाई पर्यावरण एवं स्वास्थ्यका दृष्टिले निकै हानिकारक मानिएको छ । यस्ता कवाडमा अत्यधिक मात्रामा सिसा, पारोजस्ता हानिकारक पदार्थ हुन्छन् ।
यस्ता, इलेक्ट्रोनिक कवाडमध्ये अहिले २० प्रतिशत मात्र रिसाइकल हुने गरेको छ । एक अनुमानअुनसार यदि यस्ता इलेक्ट्रोनिक कवाडलाई पूर्ण रूपमा रिसाइकल गर्ने हो भने त्यसबाट हरेक वर्ष ७ खर्ब रुपैयाँ बराबरको एउटा विशाल उद्योग नै सञ्चालन गर्न सकिन्छ ।