साप्ताहिक संवाददाता
सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ ।
झरना थापाको निर्देशनमा तयार भएको यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । निर्माता थापाले भने–‘हामीले टिजरमा मुख्य दुई कलाकारको केमेष्ट्रीलाई मात्र देखाउन खोजेका छौ । चलचित्रको बिषयवस्तु ट्रेलरमा खोल्नेछौ ।’ चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको छ ।
चैत्र २९ गते यो चलचित्र आउँछ या आउँदैन भन्ने बहस चलिरहेको समयमा टिजर सार्वजनिकसँगै यसको निर्माणपक्षले निर्धारित मितिमा चलचित्र आउने पक्का गरेको छ । टिजर सार्वजनिक गर्नु अघि निर्माता थापाले हतारिएर टिजर सार्वजनिक गर्नुको कारण चैत्र २९ गते ‘यात्रा’ चलचित्र पनि रिलिज हुँदैछ ।
यो मितिमा आफू पनि आउँदैछु भनेर स्पष्ट पार्न चलचित्रको टिजर रिलिज गरेको बताएका थिए । नेपाल र अमेरिकामा चलचित्रको छायांकन गरिएको छ । टिजर सार्वजनिक भएको एक सातामै सुहानाको सोलो नृत्य रहेको एउटा गीत सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले जनाएको छ ।
टिजर :