साप्ताहिक संवाददाता
भिमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक भएको हो । मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।
लामो समय देखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगितकार तथा गीतकार इश्वर मगियाको गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ । गयक मगिया एक संगीत शिक्षक पनि हुन् ।
मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घट्नालाई देखाइएको छ । गीतको भिडियोमा भिमफेदी गाइजका निर्मल लामा भिलेनको रुपमा प्रस्तुत भएका छन् । गीतमा भिलेन किन बन्नु भएको भन्ने प्रश्नमा निर्मल भन्छन्, ‘भिलेन जस्तो म मात्रै थिएँ । ग्रुपमा मेरो अनुहार भिलेनको जस्तो छैन त ? ’
यो गीतका लागि आफूहरुले कडा मेहनतका साथ काम गरेको बताए । सार्वजनिक सेलो शैलीको स्याड भर्सन गीतमा भिमफेदी गाइजको साथमा निर्जली लामाको अभिनय रहेको छ ।
गीतको म्यूजिक भिडियो :