साप्ताहिक संवाददाता
आगामी फागून १७ गते प्रदर्शन हुने चलचित्र ‘क्याप्टेन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
काठमाडौमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ‘कर्ली कर्ली कपाल’ सार्वजनिक गरिएको हो । भिडियोमा निरुता सिंह अनमोल केसी र भुवन केसीसँग नृत्य गरेकी छिन्, भिडियो आकर्षक वनेको छ ।
यो गित चलचित्रमा इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा पर्दामा आउने निर्माता भुवन केसीले बताए ।
सार्वजनिक गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत, हर्क साउद र मनिष ढकालको शब्द रहेको छ भने मेलिना राई र एसडी योगीको स्वर समावेस गरिएको छ । गीतको भिडियोलाई रेनेशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन् । सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको हो ।
चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभीका, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा चलचित्र निर्माण भएको हो ।