साप्ताहिक संवाददाता
नेपाली चलचित्र उद्योगका सुपर स्टार भुवन केसी र पछिल्लो समय मेगा स्टारको उपाधि पाएका अनमोल केसी एउटै गीतमा देखिएका छन् । अहिले निक्कै चर्चामा रहेको चलचित्र ‘क्याप्टेन’को गीतमा बाबु छोरा एकै साथ देखिएका हुन् । ‘कर्ली कर्ली कपाल’ बोलको गीतको भिडियोमा अनमोल र भुवनलाई अभिनेत्री निरुता सिंहले साथ दिएकी छिन् ।
लोकलय फ्लेबरको सार्वजनिक गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीत हर्क साउद र मनिष ढकालले लेखेका हुन् ।
शुक्रबार रिलिज गरिएको गीत यो समाचार तयार पार्दासम्म नेपाल युट्युब ट्रेन्डिङको चौथों नम्बरमा पुगेको छ । चलचित्र ‘क्याप्टेन’मा अनमोल केसी शिर्ष भूमिकामा देखिने छन् । उनी यो चलचित्रमा राष्ट्रिय फुटबल टोलीको टिम क्याप्टेनका रुपमा देखिँदैछन् । चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
फागुन १७ मा रिलिज हुने चलचित्र ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्रमा भुवन केसीले लगानी गरेका छन् ।
कर्ली कर्ली कपालको भिडियो :