बसन्तको सिने इक्यूमेन्ट हाउस सञ्चालनमा

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७५

काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउस सञ्चालनमा ल्याएका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए ।

यो हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान चलचित्र तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् ।

नेपालमा चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापन मेकिङको क्रम बढेसँगै यस्ता खालका हाउसहरुको संचालन पनि बढेको छ । संचालकमध्येका एक बसन्त निरौलाले आफूहरुले लामो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए ।

 

प्रकाशित :फाल्गुन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×