साप्ताहिक संवाददाता
दीपक आचार्यद्धारा निर्देशित ओढेर घोङघट बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको भिडियोमा कृशल कंडेल र सेड्रिना शर्माले पहिलोपटक स्क्रिन शेयर गरेका छन् ।
नेपाल आइडल दोस्रो सिजनमा टप ८ मा पुग्न सफल कृशल र नाई न भन्नु ल ५ देखि चर्चामा आएकी सेड्रिना शर्माको अभिनय निकै राम्रो देख्न सकिन्छ । यो गीतमा स्वयं कृशलको स्वर रहेको छ ।
अर्जुन पोखरेलको संगीत, नृपेश उपे्रतीको शब्द रहेको गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ ।
भिडियोमा निर्देशक आचार्यले निकै नयाँ कन्सेप्टमा प्रयोग गरेका छन् । भिडियो हेर्ने अधिकांश दर्शकले निर्देशकिय पाटोको उच्च प्रशंसा गरेका छन् । युट्युवमा अहिलेसम्म यो गित हेर्नेको संख्या ४ लाख १६ हजार पुगेका छन् । निर्देशक आचार्य भन्छन्, ‘एउटा म्युजिक भिडियो २४ घण्टा नपुग्दै यति धेरै भ्युज सम्भवत पहिलो पटक हो ।’
दुई दिन लगाएर छायांकन गरिएको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन् ।