जगदीश भण्डारी दा¥ही ग्याङ फेसबुक समूहका एडमिन हुन् । सांस्कृतिक क्षेत्रमा रुचि राख्ने भण्डारी अध्ययनको सिलसिलामा २०७२ को माघ महिनामा संस्कृतिविद् सत्यमोहन जोशीलाइ भेट्न पुगे । उनीसँगै थिए मनोज मालाकार । उनीहरू दुवैले त्यतिबेला दा¥ही पालेका थिए । भेटका क्रममा जोशीले ठट्यौली पारामा भने— तिमीहरू त ‘दा¥ही ग्याङ’ भएर आएछौ । रमाइलो पारामा जोशीले भनेको त्यो शब्दले उनीहरूको मन छोयो अनि जन्मियो दा¥ही ग्याङ फेसबुक समूह ।
त्यसभन्दा अघि नै झन्डै २५ जनाको फेसबुक समूहमार्फत एउटा सर्कल बनाई सामाजिक कार्य गर्न थालेका उनीहरूले दा¥ही ग्याङ फेसबुक समूहमा साथीहरूलाई एड गर्न थाले । २०७२ साल फागुन ६ गते उनीहरूले उक्त समूह निर्माण गरेका थिए । विस्तारै यसमा सदस्य थपिँदै गए । अहिले यो फेसबुक समूहमा १ लाखभन्दा बढी आबद्ध छन् । काठमाडांैबाट सुरु भएको यो समूह अहिले देशका २७ जिल्लामा पुगिसकेको छ भने यसमा आबद्ध सदस्यहरू ७७ वटै जिल्लाकै भएको दावी जगदीश भण्डारीको छ । ‘झापादेखि महेन्द्रनगरसम्मका साथी यो समूहका सदस्य छन्’ उनले भने । ती २७ वटै जिल्लामा विभिन्न कार्यक्रमसमेत हु“दै आएका छन् । अब भने यो फेसबुक समूहलाई दिर्घकालसम्मका लागि स्थायित्व दिन पब्लिक कम्पनी खोलेर अघि बढ्ने योजना तयार पारिएको भण्डारीले बताए ।
फागुन ६ गते यो समूहको नाम राखिएकाले हरेक वर्ष त्यही दिन यसको वार्षिकोत्सव मनाइन्छ । स्थापनाको तेस्रो वाषिकोत्सवको अवसरमा यसपालि काठमाडांै, कास्की, सिन्धुली, सप्तरी, नुवाकोट, चितवन, इटहरी, विराटनगर, बुटबल, नवलपरासी, महेन्द्रनगर, धनगढी आदी ठाउँमा कार्यक्रमसमेत सम्पन्न भए ।
दा¥ही गयाङले आयोजना गर्ने विभिन्न कार्यक्रमले उनीहरूलाई परिपक्क बनाउदै लगेको छ । काठमाण्डौमा ‘दा¥ही ग्याङ विज्ञान अभियान’ सञ्चालन गरिएको छ । दा¥ही ग्याङमा दा¥ही पाल्ने मात्र नभएर दा¥ही मन पराउनेहरू समेत आबद्ध छन् । समूहको क्रियाशीलता, यसले गर्ने कार्यक्रम आदीका कारण विगतमा दा¥ही पाल्नेहरूलाई नकारात्मक दृष्टिकोणले हेर्नेहरूको नजरमा समेत परिवर्तन आएको यसका सदस्यहरूको दाबी छ ।