• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पहिलो कान्तिपुर कनक्लेभ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पहिलो कान्तिपुर कनक्लेभ 
फाल्गुन १३, २०७५

 

दुई दिन चलेको पहिलो कान्तिपुर कनक्लेभ राजधानीमा सोमबार सम्पन्न भएको थियो । कान्तिपुर पब्लिकेसन्सको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कनक्लेभमा विभिन्न मुद्दामाथि बहस एवं विचार–विमर्श भएको थियो । 

आइतबार पहिलो दिन कनक्लेभको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कनक्लेभका मुख्य वक्तासमेत रहेका प्रधानमन्त्री ओलीले नेपालमा लगानीलाई खुल्ला ह्दयले स्वागत गर्ने बताउँदै नेपाल लगानीका लागि ठूलो सम्भावनायुक्त मुलुक भएको बताए । उनले व्यवसायका लागि सुनिश्चित अवसर र निश्चित नाफा आवश्यक पर्ने बताउँदैं यी दुवै अवसर नेपालमा भएको दाबी गरे । 

उद्घाटन सत्रमा विशेष वक्ताका रूपमा नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंककी निर्देशक आइडाह स्वाराई रिद्धिहौं एवं भारतको बिडला कर्पोरेसनको बिक्री, बजार तथा व्यवस्थापन एक्जुकेटिभ प्रेसिडेन्ट सन्दीप घोषले विशेष मन्तव्य व्यक्त गरेका थिए । सत्रमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले स्वागत मन्तव्य राख्दै कान्तिपुर कनक्लेभले सार्वजनिक बहसको स्पेस दिने बताए । उनले नेपालका सम्भावनाहरू उजागर गरिने पनि कनक्लेभ सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

उद्घाट्न सत्रपछि ‘युथ फर नेपाल’ सत्र चलेको थियो, जसमा विभिन्न क्षेत्रमा सफलता प्राप्त युवाहरूले आ—आफ्ना अनुभव बाँडेका थिए । मिस नेपाल श्रृंखला खतिवडा, पत्रकार, बौद्ध संग्रहालय तथा आध्यात्मिक क्षेत्रकी संस्थापक एवं निर्देशक सुम्निमा उदास, ट्रेसिङ नेपालका संस्थापक तथा ब्लगर लेक्स लिम्बू एवं टुटलका सह–संस्थापक शिक्षित भट्टले आफ्नो संघर्ष र सफलताको चर्चा गरेका थिए । 

सोमबार राजनीतिकदेखि अर्थतन्त्रसम्म र पर्यटनदेखि प्रविधिसम्म गरी ९ वटा सत्रमा विचार–विमर्श भएको थियो । ती ९ सत्रमध्येको ‘महिला पुरुषको दाँजोमा कहिले ?’ सत्रमा अधिकार संस्थाकी सह–संस्थापक लुना रञ्जित, लेखक सञ्जीव उप्रेती तथा फोटो डट सर्कलकी सहसंस्थापक नयनतारा गुरुङ कक्षपतीले बहस गरेका थिए । 

यस्तै, अर्को महत्वपूर्ण ‘नेपाल इन ग्लोबल स्टेज’ सत्रमा अर्थमन्त्री युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्य व्यक्त गरे । अर्थमन्त्री खतिवडाले सरकार वैदेशिक लगानी भिœयाउन विश्व रंगमन्चमा प्रवेश गर्दै गरेको बताएका थिए भने परराष्ट्रमन्त्री ज्ञवालीले सरकार अब आर्थिक कुटनीतिमा केन्द्रित भएको बताए । 

पैसा कहाँ छ भन्ने थाहा पाउने र त्यसलाई प्राप्त गर्ने उपायसम्बन्धी बहस ‘कहाँ छ पैसा ?’ सत्रमा भएको थियो । देश विकासका लागि लगानीको खोजीका विषयमा छलफल चलेको उक्त सत्रमा भारतीय रेनफरेस्ट कम्पनीका प्रबन्ध साझेदार अभिषेक कुमार, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) की लगानी अधिकृत अदिती श्रेष्ठ, अर्थशास्त्री भोजराज पौडेल, नेपालका लागि विश्व बैंकका निर्देशक फरिस हदाद जर्भोसले भाग लिएका थिए ।

कान्तिपुर कनक्लेभको ‘पर्यटन : सम्पदादेखि अनुभव’ विषयक सत्रमा पर्यटन बोर्डको ब्रान्ड तथा कर्पाेरेट पार्टनरसिप युनिटकी प्रबन्धक श्रद्धा श्रेष्ठ, पर्यटनसम्बन्धी गैरसरकारी संस्था कनेक्टिङ स्पेसकी सञ्चालिका स्विस नागरिक मोनिका स्काफनेर, ओयो होटलका चिफ टेक्नोलोजी अफिसर अनिल गोयल, पर्यटन व्यवसयी तथा द्वारिका गुप्र अफ होटल्स एन्ड रिसोर्टका कार्यकारी निर्देशक रिने विजय श्रेष्ठ एनहजले बहस गरेका थिए । यो सत्रमा नेपालको भौतिक पूर्वाधार आदिलाई ध्यान दिँदै सन् २०२० मा २० लाख पर्यटक भित्राउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा बहस चलेको थियो ।

टुवार्ड २०३० को सत्रमा अर्थशास्त्री स्वर्णिम वाग्ले, एसियन डेभलपमेन्ट बैंकका क्षेत्रीय सल्लाहकार लेइलेइ सङ, चिनियाँ कम्पनी वाइल्डबाउन्डकी संस्थापक सङकओ याओ तथा ब्रोकिङ इन्डियाका फेलो कन्स्ट्यान्टिनो जेभियरले बहस गरेका थिए । ‘पौरखी प्रवासी र मूल देश’ सत्रमा अर्थशास्त्री विश्व पौडेल, प्राध्यापक मल्लिका शाक्य, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य जीवा लामिछाने तथा ब्लगर लेक्स लिम्बूले बहस गरेका थिए । 

कान्तिपुर कनक्लेभको महत्वपूर्ण सत्र ‘मुख्यमन्त्रीसँग मुखामुख’मा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहस गरेका थिए । उक्त अवसरमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि केन्द्रीकृत मानसिकता मुख्य बाधक रहेको बताएका थिए । 

‘फर्केर के पाइन्छ ?’ शीर्षकको सत्रमा इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरनिको पाण्डे, कुबेतस्थित सिटी बैंकका भाइस प्रेसिडेन्ट प्रदीप पौडेल तथा क्याटलिस्ट टेक्नोलोजीकी प्रमुख कार्यकारी अधिकृत प्रतिभा पाण्डेले आ–आफ्ना अनुभव बाँडेका थिए । उनीहरूले विदेशमा सिकेको सीप नेपालमै प्रयोग गर्न सक्ने उपयुक्त समय आउन थालेको बताएका थिए । त्यसका लागि आफूहरू मौकाको खोजीमा रहेको उनीहरूको भनाइ थियो । 

सूचना प्रविधिसम्बन्धी ‘क्यान नेपाल डु आईटी ?’ सत्रमा नेपालले आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिइएको थियो । सत्रमा भारतीय डिजिटल परामर्शदाता कम्पनी सोसल फ्रेन्ड्लीकी संस्थापक आकांक्षा त्यागी, एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल तथा पठाओका क्षेत्रीय निर्देशक असीममानसिंह बस्न्यातले बहस गरेका थिए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik