आगामी चैत्र १५ गतेबाट सार्वजनिक हुने सिनेमा ‘शुभलभ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक ट्रेलरमा युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको जोडीको प्रेम र विछोड देखाउन खोजिएको छ ।
प्रेम कथानक चलचित्र सुभलभलाई हरिहर अधिकारीलेनै लेखेका हुन । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।
‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेल बाहेक सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
हेर्नुस् ट्रेलर-