राष्ट्रियता झल्कने र आफैमा पनि राम्रो देखिने हुनाले मैले काम गरेका सबै बैंकमा अनिवार्य गरेको थिएँ, –किशोर महर्जन भन्छन् । उनले हिमालयन बैंक छोडेर सनराइज बैंक पुगेपछि त्यहा“ पनि दौरा–सुरुवाल र साडी अनिवार्य गरेका थिए । सनराइज बैंकमा किशोरले सिइओ छोडेको लामो समयसम्म पनि दौरा–सुरुवाल कल्चर चल्यो ।
मुलुक धर्म निरपेक्षातामा गएपछि हाम्रा कतिपय रीतिरिवाज, परम्परा हराउँदै गएको महसुस हुन थालेको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएसँगै यसका पक्ष र विपक्षमा व्यापक बहस हुन थालेको छ । धर्म निरपेक्षता ८० प्रतिशतभन्दा बढी हिन्दू भएको मुलुकमा जरुरी थिएन भन्ने आवाज पनि टड्कारो छ । यसका पक्ष–विपक्षमा बहज जारी रहँदा नेपालको निजी क्षेत्रका व्यवसायी तथा बैंकका उच्च तहका कर्मचारीमा देखिएको दौरा–सुरुवाल मोह भने कर्पोरेट ड्रेसका रूपमा विकसित हु“दै गएको पाइन्छ ।
हरेक साता आइतबार हिमालयन बैंकमा भिन्न परिवेश हुन्छ । त्यो दिन हिमालयन बैंकका सबैजसो कर्मचारी दौरा–सुरुवालमा सजिएर आउँछन् । हिमालयन मात्र होइन, अहिले कर्पोरेट सेक्टरका धेरैले दौरा–सुरुवाल लगाउन थालिसकेका छन् । हिमालयनमा जस्तै सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले पनि हरेक आइतबार दौरा–सुरुवाल लगाउ“छन् । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीका सिनियर कर्मचारीहरू पनि बेला वखत दौरा–सुरुवाल लगाउँछन् ।
उता नियमितझैं दौरा–सुरुवालमा ठाँटिने मेगा बैंकका अनिलकेशरी शाह अहिले पनि बेलाबेलामा दौरा–सुरुवालमै देखिन्छन् । किशोर महर्जन सिभिल बैंकमा छउन्जेल उनले त्यहाँ पनि दौरा–सुरुवाल अनिवार्यजस्तै गरेका थिए । सिभिल बैंकमा अहिले पनि सिनियर स्टाफहरूले दौरा–सुरुवाल तथा साडी–चोली नै लगाउँछन् ।
सरकारी कार्यालयका माथिल्लो तहका कर्मचारीले नियमितजसो लगाउने दौरा–सुरुवाल अहिले निजी क्षेत्रको पनि आकर्षणमा छ । दौरा–सुरुवाल बैंक एवं वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा कर्पोरेट कल्चरकै रूपमा भित्रिसकेको छ भने अन्य व्यवसायिक प्रतिष्ठानहरूमा पनि दौरा–सुरुवाल मोह बेस्सरी मौलाएको छ । चौधरी ग्रुपका युवा व्यवसायी करण चौधरी बेला–बेलामा दौरा–सुरुवालमा ठाटिन्छन् । अग्ला कदका चौधरी दौरा–सुरुवाल लगाएर कार्यालय आउँदा अरु स्टाफ पनि लोभिने गरेको बताउ““छन् ।
नेपालको बैंकिङ क्षेत्रमा दौरा–सुरुवाल भित्राउने बैंक हिमालयन बैंक हो भने पहिलो सिइओ पृथ्वीबहादुर पाण्डे हुन् । हिमालयन बैंकमा आजभन्दा २१ वर्षअघि सुरु भएको हो— दौरा–सुरुवालको प्रचलन । हिमालयन बैंक छाडेका किशोर महर्जनले पछि सनराइज बैंक हुँदै सिभिल बैंकमा पनि साताको १ दिन दौरा–सुरुवाल र साडी अनिवार्य गरे । हिमालयनले आजभन्दा २१ वर्षअघि नै दौरा–सुरुवालको सुरुवात गरेको हो सिईओ अशोक राणाले भने अहिले
सांसद मन्त्रीहरूले राष्ट्रिय पोसाक लगाउन छाडेकाले राष्ट्रियता जोगाउन आफूहरू लागिपरेको बताए ।
हिमालयन बैंक मात्र होइन, अहिले कर्पोरेट सेक्टरमा ग्ल्यमरस बन्दै गएको छ दौरा–सुरुवाल । जब–जब देशमा धार्मिक संकट पर्छ तब सबै क्षेत्रमा त्यसको दबाब नै गरेको अशोक राणा बताउ“छन् । हिमालयन बैंकमा दौरा–सुरुवाल लगाउने चलन २१ वर्षअघि सुरु भए पनि त्यसले निरन्तरता पाएको थिएन । माओवादी द्वन्द्वको समयमा दौरा–सुरुवाल बन्द गरिएको बताउँछन् हिमालयन बैंकका डिजिएम उज्ज्वलराज राजभण्डारी ।
राष्ट्रियता झल्कने र आफैमा पनि राम्रो देखिने हुनाले मैले काम गरेका सबै बैंकमा अनिवार्य गरेको थिएँ, –किशोर महर्जन भन्छन् । उनले हिमालयन बैंक छोडेर सनराइज बैंक पुगेपछि त्यहाँ पनि दौरा–सुरुवाल र साडी अनिवार्य गरेका थिए । सनराइज बैंकमा किशोरले सिइओ छोडेको लामो समयसम्म पनि दौरा–सुरुवाल संस्कार चल्यो । सनराइजमा हाल दौरा–सुरुवालको त्यो अनिवार्यता हटिसकेको छ ।
त्यसैगरी किशोर महर्जनले सुरु गरेको सिभिल बैंकमा हालसम्म पनि आइतबार दौरा–सुरुवाल लगाइन्छ । बैंकको ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख विजयराम कसजू भन्छन्— हरेक आइतबार सिभिल बैंकमा म्यानेजर लेभलका सबै कर्मचारीले दौरा–सुरुवाल र साडी लगाउँछन् । सिभिलमा किशोर मर्हजन सिइओ हुँदा सुरु गरेको दौरा–सुरुवालकै कारण पनि बजारमा धेरै चर्चा चल्यो । कतिपयले त्यसलाई नयाँ बैंकको नयाँ ट्रेन्ड भनेर व्याख्या गरेका थिए ।
बैंकर महर्जन भन्छन्— त्यतिबेला सबै कर्मचारीले मन पराए । गाडीमा हिँड्दा होस् वा अन्य सभा–समारोहमा होस्, दौरा–सुरुवाल लगाउँदा छुट्टै सम्मान हुन्थ्यो । त्यस्तै अहिले सांग्रिला विकास बैंकमा पनि दौरा–सुरुवालको प्रचलन सुरु भएको सिईओ सुयोग श्रेष्ठले बताए । मैले ३ महिनादेखि सिनियर स्टाफहरूमा दौरा–सुरुवाल र साडीको प्रचलन सुरु गरेको छु, सुयोगले भने । राष्ट्रिय भावनाकै कारण दौरा–सुरुवाललाई प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।
कुनैबेला सिटिजन्स बैंकका सिइओ राजनसिंह भण्डारी पनि प्रायः दौरा–सुरुवाल नै लगाउँथे । त्यस्तै नविल बैंकका सिइओ अनिल शाहले बेला बखत दौरा–सुरुवाल लगाए पनि बैंकमा अनिवार्य भने गरेका छैनन् । उता जनरल इन्सयोरेन्सका कर्मचारीहरू पनि बेला बेलामा दौरा–सुरुवालमा ठाँटिन्छन् । नेपाल इन्स्योरेन्समा नियमित नभए पनि कर्मचारीहरूले बेलाबखत दौरा–सुरुवाल लगाउने सिइओ विजय बहादुर शाह बताउँछन् । चटक्क ढाकाटोपी र दौरा–सुरुवालमा सजिएका कर्मचारीसँग ग्राहकको आकर्षण पनि उत्तिकै देखिन्छ ।