साप्ताहिक संवाददाता
फाल्गुन २१, २०७५
चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ । चलचित्र चैत १५ गते रिलिज हुँदैछ ।
साइँलीको ट्रेलर :