साप्ताहिक संवाददाता
चलचित्र आफ्नो मान्छेमा समावेश भैसकेको गीत चट्ट रुमाललाई रि-एरेन्ज गरेर चलचित्र यात्रामा राखिएको छ, यो गीत आज मंगलवार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा यसका सर्जकहरु शभुजित बास्कोटा, नृत्य निर्देशक राजु शाहलाई सम्मान गरियो । आफ्नो मान्छेको गीतमा देखिएका स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्काले ग्रहण गरेकी थिइन् ।
गीतमै देखिएकी कलाकार नीरुता सिंह भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन् सकेकी थिइन् । गीतसँग जोडिएका गायिका साधना सरगम, रचनाकार बाबुराम दाहाल, फिल्म निर्देशक स्वर्गीय शिव रेग्मी सम्मान उनकी छोरी भावना रेग्मीलाइ प्रदान गर्ने निर्माता केशव भट्टराईले बताए ।
उपस्थित शम्भुजित, श्वेता र राजुले भन्ने सम्मान गरेकोमा खुसि व्यक्त गर्दै गीतलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा बास्कोटाको संगीत र उनीसँगै साधना सरगमको स्वर थियो । रि–एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर सुन्न सकिन्छ । राजन इशानले गीत रि–एरेन्ज गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा राइजिङस्टार सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायतलाई देखाइएको छ ।
कार्यक्रममा शुभकामना दिनको लागि वरिष्ठ निर्देशक यादव खरेल, निर्देशक दीपाश्री निरौला , दिनेश राउत, निर्मल शर्मा , निर्माता छविराज ओझा , निर्देशक शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
आज सार्वजनिक गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । चलचित्र यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन्, चलचित्रमा कथापनि सम्राटकै रहेको छ ।
कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् ।
चलचित्रका निर्माता सुशील पोखरेल हुन् । यसका कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्, यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।
यस्तो छ गीत