साप्ताहिक संवाददाता
फाल्गुन २२, २०७५
मानिसले प्रयोग गर्ने एसेसरिजहरूमा जुत्ता सबैभन्दा पुरानो मानिन्छ । यही जुत्तालाई मानिसहरूले आफ्नो रुचि र सौखसमेत मान्दै आएका छन् । यसै क्रममा संसारको सबैभन्दा महँगो जुक्ता बित्री भएको छ ।
दुबईको बुर्ज अल अरब होटलमा गरिएको उक्त किनबेचमा एउटा जुत्ताले २ करोड ३६ लाख डलर मूल्य पाएको छ । शुद्ध सुन तथा १ सयभन्दा बढी हिरा जडान गरेर तयार पारिएको उक्त जुत्ता दुबईका एक व्यापारीले खरिद गरेका हुन् ।
यूएईको प्रसिद्ध जुत्ता कम्पनी जादा दुबई एन्ड ज्वेलर्समार्फत् बिक्री गरिएको उक्त जुत्तालाई अहिलेसम्मकै सबैभन्दा महँगो जुत्ता मानिएको छ ।