खुमन अधिकारी, लोकगायक
१. जोर शंख फुकेर गीत विष्णु माझी र मैले २०६४ सालमा गाएका थियौं । यो गीत मलाई निकै मन पर्नेमध्येको एउटा गीत हो ।
२.त्यो मन रुन्न होला र गीतले पनि मेरो सफलतामा एउटा सिंढी थप्ने काम गर्यो । यो गीतमा पनि विष्णु माझी र मैले नै स्वर दिएका छौं ।
३.विष्णु माझीसँगै २०६५ मा एउटै डोरी पासो लगाम भो गीत आएको थियो । यो गीतले निकै चर्चा कमाएको थियो ।
४.नेपाली समाजमा स्याङ्जाली र झापालीबीचको सम्बन्धमा आधारित स्याङ्जालीलाई नभन जाली गीत पनि मेरो टप १० फेबरेटभित्र अटाउँछ ।
५.मेरा हिट गीतमध्ये देख्न मन ला’को छैन र पनि एक हो । दुई वर्षअघि विष्णु माझीसँग मिलेर गाएको यो गीतले निकै चर्चा पाएको थियो ।
६.लोकदोहोरी गीत मनको देउतैले पनि रेडियो तथा टिभीमा अत्यन्तै बजेका मेरा गीतमध्ये एउटा गीत हो ।
७.सिलाइदिउँला भोटो मैले गाएकामध्ये म आफैंलाई मन पर्ने अर्को गीत हो । २०६६ सालमा बजारमा आएको यो गीत मेरो करिअरको सुन्दर गीतमध्ये एक हो ।
८.विष्णु माझी र मैले केही वर्षअघि गाएको गीत कपाल कोर्ने काइँयो पनि मेरो टप फेवरेट गीत हो ।
९.अघिल्लो वर्षको तीजमा सर्वाधिक बजेको गीत हो— भँगेरी चरीले । गायिका शिलु भट्टराई र मैले मिलेर गाएको यो गीत यसपटकको तिजमा पनि निकै बज्यो ।
१०. रमिला न्यौपाने र मेरो संयुक्त आवाजको आज त भेट्न आउँदिनँ है कालु पनि मलाई मनपर्ने आफ्नै गीतमा पर्छ ।