काठमाण्डौं स्थित बत्तिसपुतलीमा एकैपटक तिनवटा चलचित्रको घोषणा कार्यक्रम थियो । सायद, लाउरे र लभ नम्बर । हाल अमेरिका पलायन भैसकेका निर्माता सुनिल रावलले झण्डैं ३ बर्षअघि यि तिन चलचित्रको भब्य कार्यक्रमको आयोजना गरेर घोषणा गरे । एकैबर्षमा तिन चलचित्रको छायाँकन सक्ने लक्ष्य अनुसार घोषणा भएका तिन चलचित्रमध्ये लाउरेको मुख्य भुमिकामा थिए, सलिनमान बनियाँ । रावलले पहिलो चलचित्र निर्माण गरे, चलचित्र खासै चलेन । उनले तुरुन्तै अर्को चलचित्र लाउरे बनाए । उक्त चलचित्रको सुभमुहर्तमा सलिन थिएनन् । न निर्माताले यस बिषयमा कसैलाई जानकारी गराए न त सलिनमान किन खेलेनन् भनेर कसैले सोधिखोजी गरे ।
एकपटक मिडिया देखिए र एकाएक बेपत्ता भए उनि । यो बिषय त्यतै छोडौं, सलिनमान भन्छन्, ‘काम गर्ने कुरा त भएकै हो, त्यसपछि उहाँले खासै वास्ता राख्नुभएन, म पनि आफ्नै काममा ब्यस्त भएँ ।’ रावलले सलिनमानको स्थानमा नरेन लिम्बुलाई भित्राए । अभिनेत्रीमा पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ । चलचित्र निर्माण त भयो, तर अहिलेसम्म यो चलचित्र कता छ, के भैरहेको छ कसैलाई थाहा छैन ।
सलिनमान, अहिलेका चकलेटी हिरो । चकलेटी लुक्सले एकाएक नेपाली चलचित्र उद्योगमा चिनिए । छोटो समयमै दर्शकले निकै माया दिए । यतिबेला चलचित्र बजारमा चकलेटी हिरोहरुको चर्चा हुन्छ भने त्यसमा सलिनमानको नाम अग्रपंक्तीमा आउँछ । फरक ड्रेसअप र आकर्षक हेयरस्टाइलले धेरैको ध्यान खिच्न सफल सलिनमान भन्छन्, ‘मलाई यति मात्रै हैन अभिनय पनि राम्रो गर्ने हिरोको रुपमा पनि चिनिनु छ ।’ अहिलेसम्म २ वटा चलचित्रमा काम गरिसकेका सलिनमानलाई थाहा छ, अभिनय भन्ने कुरा सवैभन्दा मिहेनतको काम हो । मैले सकेको मिहेनत गरिरहेको छु, स्टाइलिस्ट हिरोले कपाल साइड लगाउँदै भने, ‘हरेक प्रोजेक्टमा राम्रो गर्ने प्रयास गर्नेछु, गरिरहेको पनि छु ।’
सलिनमानका अनुसार उनलाई कहिल्यै चलचित्रको हिरो बन्छु भन्ने इच्छा थिएन । तर, सलिनमानले नसोचेकै भैदियो । हिरो बनेर पनि कमाल भयो । सुरुमा म चलचित्र क्षेत्रमा काम गर्छु भन्ने कहिल्यै सोचेकै थिएनँ, झरना थापाले हिरो बनाएर दर्शकसँग चिनाइदिनुभयो ।
झरना थापाको प्रोजेक्ट ए मेरो हजुर २ मा काम गर्नुअघि उनलाई दिनरात विभिन्न कुराले टर्चर दियो । चलचित्र खेल्दैछु, कस्तो होला ? काम गर्ने त पक्का भयो, कसरी गर्ने होला ? दर्शकले पत्याउने हुन या हैनन ? जस्ता प्रश्नको घेराबन्दिमा परे उनि । तर, निर्देशक झरनाले पहिलो पहिलोपटक टेस्ट लिएपछि उनको मनमा एक खालको हौसला जाग्यो । उनलाई आफुनो चिन्ता त थियो, चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँग काम गर्नुपर्दाको तनाबपनि सँगै थियो । यति हिट अभिनेत्रीसँग काम गर्न सकिएला या नसकिएला जस्ता कुराले पनि तनाब दिन्थ्यो, उनि थप्छन्, ‘तर, जब चलचित्रको छायाँकन सुरु भयो, सबैले मन पराउनुभयो । अब त काम गर्न सकिन्छ भन्ने आँट आयो ।’
सलिनमानसँग संख्यात्मक हिसाबले अत्यन्त न्युन चलचित्र छन् । पहिलो चलचित्र ए मेरो हजुर–२ र दोस्रो चलचित्र यात्रा । दोस्रो चलचित्र प्रदर्शन हुन अब एक महिनापनि बाकी छैन । तर, उनको चर्चा फेरी चुलिएको छ । यो चलचित्रमा सलिन आकर्षक लुक्समा फेरी दर्शकसामु आउँदैछन् । चलचित्र गज्जबको वनेको छ, मेरा फ्यानहरुको चित्त बुझाउने प्रयास गरेको छु, उनि थप्छन् ।
सलिनलाई चलचित्र जिवनको प्रारम्भमा यत्तिको सफल हुुन्छु भन्ने लागेकै थिएन । तर, अहिले उनलाई जहाँ गयो दर्शकले घेरा हालिहाल्छन् । कस्तो लाग्छ ? उनि भन्छन्, ‘यस्तो हुँदा त बहुतै खुसी लाग्छ नी ।’ यिनै कारण पनि चलचित्र क्षेत्रससँग टाढिनेबारे उनले सोचेका समेत छैनन् । एकपटक प्रयास गरौंन भन्ने सोच अनुसार पहिलो चलचित्रमा काम गरेँ“, दोस्रो चलचित्र सार्वजनिक नहुँदै यो सफलता पाएको छु, उनि भन्छन्, ‘अब त यहि क्षेत्रमा केहि गर्नुपर्छ भन्ने आँट पलाएको छ ।’
पहिला जहाँ हिडेपनि हुन्थ्यो । गुमनाम थिए, उनि । अहिले दुनियाँले चिन्ने स्थानमा आएका छन् । सलिनलाई के लाग्छ भने पैसा भन्ने कुरा त जसले पनि कमाउन सक्छ, फ्यान कमाउनु चानेचुने कुरा पटक्कै हैन । फ्यानको अभाव नहु“दासम्म चलचित्र क्षेत्रबाट डिपार्चर हुने बिषयमा नसोच्ने बताउँछन् उनि ।
विजनेश व्याकग्राउण्डमा हुर्किए । विजनेस सम्वन्धी त धेरै आइडिया थियो, चलचित्रका बारेमा पत्तो थिएन । थाहानै नभएको बाटोमा उनि एकाएक हिडे, कसैको भरमा । अहिले सडकमा हिड्दा फ्यानहरुले घेरा हालिहाल्छन् । सेल्फि खिचाउँछन् । अचम्मको कुरा त उनको लुक्सका कारण चिन्दै नचिनेकाले समेत हेरिरहन्छन् । सलिन भन्छन्, ‘सायद भगवानले दिएका राम्रा कुरा मध्ये मेरो लुक्स पनि हो की !’
घरको एक्लो छोरा हुन् । जे डिमाण्ड पनि पुग्थ्यो । त्यसमाथी सम्पन्न परिवारमा हुर्किए । तर उनले एकाएक चलचित्रमा काम गर्छु भनेर घरमा बुबा–आमालाई जानकारी गराउँदा परिवारले अचम्मित भए । त्यतिबेला चलचित्र क्षेत्रमा के नै हुन्छ र ? खासै राम्रो क्षेत्र होइन भन्ने धेरैको दृष्ट्रिकोण थियो, उनि भन्छन्, ‘मेरो परिवारले पनि त्यस्तै सोच्नुभयो, मेरो कुरालाई खासै मतलब दिनुभएन ।’ सुरुमा खासै वास्ता नदिएपनि जव सलिनमानको चर्चा चुलियो, परिवार मख्ख भए ।
बिहान उठेर साथीभाई जम्मा पारेर गफगाफ गर्ने सलिनको लाइफस्टायल अहिले फेरिएको छ । कसैले चिन्दैन थिए त्यतिबेला । जे गरेपनि भयो, जहाँ गएपनि भयो । अहिले सबैले चिन्छन्, निकै सोच–बिचार गरेर हिड्नुपर्छ । पैसा त जसले जसरी पनि कमाउन सक्छ, उनि भन्छन्, ‘एउटा स्टारले कमाउने भनेको फ्यान हो, जुन मैले नसोचेको कमाएको छु, यो मेरा लागी ठुलो सफलता हो ।
सलिनले नेपाली चलचित्रको भविष्य पनि धेरै राम्रो देखेका छन् । चलचित्रमा टन्न लगानी हुन थालेको छ, स्टारहरुको कमाइ पनि राम्रो छ । उनि भन्छन्, ‘यहि हिसावले अगाडी बढ्दै जाँदा भविष्यमा नेपाली चलचित्र उद्योग राम्रो स्थानमा पुग्ने देखेको छु ।’ हल्ला गरेर दिन कटाउने कान्छो छोरो हिरो बनेपछि धेरै बुझ्ने भएको छ, सलिन हांस्दै थप्छन्, ‘अब केहि गर्नुपर्छ भन्ने अठोट पलाएको छ ।’
छोटै समयमै मज्जाको नेम र फेम भेट्टाए सलिनले । आजभोली बिगतमा जस्तो यतिकै हावा तालमा घरवाट निस्कदैनन उनि । कहाँ जाने ? कस्तो लुक्स र पहिरनमा सजिने ? मिडियामा कसरी प्रस्तुत हुने ? लगायतका बिषयको सोच–बिचार गरेर मात्रै हिड्छन् उनि । कतिसम्म भने सलिनले भोलीको कामको तयारी आजै पनि गर्ने गरेका छन् ।
सलिन अहिले एक्कासी फेसनेवल भएको भन्ने मिडियामा चर्चा छ । तर उनि यो कुरा स्विकादैनन् । थप्छन्, ‘म सानैदेखी फेसनेवल थिएँ, अहिले केहि परिवर्तन मात्रै भएको हो ।’ मिठो मिठो खाने, हप्तैपिच्छे फरक–फरक डे«सअपमा टिपटप भएर हिड्ने पहिले देखीको बानी थियो भन्छन् उनि ।
सलिनमान बिहान ७ वजेको हाराहारी उठिसकेका हुन्छन् । फ्रेस भएपछि उनी टन्न पानी पिउँछन् । ब्रेकफास्ट खाएपछि मात्रै बाहिर निस्कछन् । उनले आफ्नो लागी मन पर्ने ब्रेकफास्ट सकेसम्म आफै तयार पार्छन् । खानामा सलिन खासै चुजी छैनन् । दाल, भात, तरकारीसँग अलिकति अचार र दुध भए पुग्छ । नेपाली खानामा जस्तो स्वाद अन्य मेन्युमा भेट्दैनन उनि । अचम्मको कुरा उनलाई २ टुक्रा भएपनि मासु चाहिन्छ । दिनभरी केहि न केहि खाइरहने बानी छ । विभिन्न प्रकारका फलफुल पनि खाइरहेका हुन्छन् । विहान ७ वजे उठ्ने सलिन रातीको ११ वजेतिर सुतिसक्छन् । सुत्नुअघि केहि समय समाजिक सन्जालमा टाइमपास गर्छन । सुतिसकेपछि मनमा कुरा खेलाउने बानी छैन, निदाइहाल्छन् । तर निद्राबाट ब्युझिएपछि पहिला जस्तो स्वतन्त्र हुँदैनन् । चलचित्रबारे विभिन्न कुरा मनमा खेल्छन् ।
अहिले उनि चलचित्र यात्राको प्रमोसनमा व्यस्त छन् । दिनभरि डबिङ, मिडिया भेटघाटमा ब्यस्त छन् । यो चलचित्र पछि के ? उनि भन्छन्, ‘भविष्यको खासै तनाव लिने मान्छे हैन, राम्रो प्रोजेक्ट छानेर काम गर्छु, जे गर्छु सकेसम्म राम्रो गर्छु ।’
भिडियो कुराकानी तल छ