साप्ताहिक संवाददाता
मूलतः सौन्दर्य प्रतियोगिता आयोजनालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउँदै यस क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार्दै अझ बढी विश्वसनीय र उपलब्धीमूलक बनाउने उद्देश्य सहित सौन्दर्य प्रतियोगिता आयोजना गर्नेहरुको छाता संगठनका रुपमा इभेन्ट म्यानेज्मेन्ट एसोसिएसन अफ नेपाल नामक संस्था गठन भएको छ ।
संघले सौन्दर्य प्रतियोगिता बाहेक नृत्य प्रतियोगिता, अवार्ड कार्यक्रम, फेसन शो, महोत्सव लगायतका मनोरञ्जनात्मक इभेन्टको आयोजना र व्यवस्थापनमा सक्रिय रहेका संस्थाहरुलाई एउटै छाता मुनि समाहित गर्ने लक्ष राखेको छ । यसै साता नयाा बानेश्वरस्थित रोयल एलिनाज् बेकरी क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलन इभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल संस्थाको गठन र प्रारम्भ भएको कुराको जानकारी प्रदान गरिएको थियो ।
इभेन्ट म्यानेज्मेन्ट एसोसिएसन अफ नेपाल एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब वहादुर कार्कीको अध्यक्षतामा गठन भएको छ । कार्कीको नेतृत्वमा गठन भएको उक्त संघमा १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले संस्थापक सदस्यको रुपमा सदस्यता प्राप्त गरेका छन् । संघमा अध्यक्ष लव बहादुर कार्की, उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा , सचिव सोनीत राज ढुङ्गेल , सहसचिव डेविल सिहं राजपुत , कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेक राज पाण्डे रहेका छन् ।
यसैगरी कार्यसमिती सदस्यहरुमा मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ तथा संस्थापक सदस्यहरुमा गोकर्ण लामीछाने नुवाकोट , राजिव दियाली मोरङ्ग, सविना श्रेष्ठ धनगढी, समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र नारायण थापा रहेका छन् । कार्यक्रम पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।