साप्ताहिक संवाददाता
चैत १८ गते : विश्व मुर्ख दिवस । चैत २२ गते : घोडे जात्रा ।
मेष
नयाँ अवसरले पछ्याएको अवस्था छ, जसबाट आफ्नो आर्थिक स्थितिमा परिवर्तनसमेत ल्याउन सकिनेछ । सामाजिक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्दा प्रतिष्ठा प्राप्त हुनेछ । पारिवारिक जिम्मेवारी वहन गर्दा खर्च बढ्नेछ भने भौतिक सुविधाका साधन खरिद गर्न आकर्षित भइनेछ । अन्य साना–तिना खर्चले समेत पिरोलिरहनेछन् ।
वृष
पूर्वपरिचित मित्रहरूले मन पराएको सन्देश पठाउन सक्छन् । तपाईंको निर्णय पारिवारिक रूपमै अनुमोदन होला । कार्यस्थलको स्वरूपअनुसार पहिरनमा ध्यान दिनुहोला । गफमा समय व्यतीत गर्ने साथीभाइबाट टाढै रहनुपर्छ । व्यवहारिक काममा कन्जुस्याइँ नगर्नु नै आफनो हितमा हुनेछ
मिथुन
नीलो रंगको रचनात्मक प्रयोगबाट लाभ लिनसकिनेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान प्राप्त हुनेछ । मित्रहरूले दिएका वचन पूरा हुनेछन् । आफूभित्रको भय उत्साहमा परिर्वतन भै समाज सेवातर्फ आकर्षित भइनेछ । मनोरञ्जनमा सहभागी भै सवारी चलाउँदा विशेष ध्यान पुर्याउनुहोला ।
कर्कट
खानपान तथा मौसमको फेरबदलका कारण शारीरिक दुर्वलता देखा पर्न सक्छ । डाहा गर्नेहरूले भित्रभित्रै प्रशंसा गर्न थाल्नेछन । संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग पुर्याउनेछ । परिवारजनलाई सहयोग गर्ने कामबाट टाढै रहनुहोला ।
सिंह
होसियारीपूर्वक गरिएको कार्यबाट प्रर्याप्त आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । रोजगारीको अवसर जुट्न सक्छ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद हुने योग छ ।
कन्या
आवेशमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । परिस्थितिअनुरूप निर्णय गर्नुहोला । कुनै पनि कार्य सम्पन्न गर्दा धैर्यतालाई महत्व दिनुहोला । अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । हरियो रंगको प्रयोग फाइदाजनक सावित हुनेछ । आइतबार तथा बुधबार महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।
तुला
अरूलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । जिद्दी गरी गल्ती सच्याउन खोज्दा अझ पछि परिनेछ । खराव आचरण भएकाहरूले पिछा गर्न सक्छन् । सेयर बजारमा गरिएको लगानीले नाफा दिनेछ । आर्थिक अभाव निराकरण गर्ने वैकल्पिक उपाय पहिल्याउन सकिनेछ ।
वृश्चिक
संयमित भै खानपान र जीवनचर्यामा ध्यान दिए स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेको व्यवसाय सञ्चालनमा ढिला सुस्ती हुन सक्छ । गोपनीयता भंग भै काममा धोका होला । प्रयत्न गरे अरूको मन जित्न सकिनेछ । विदेश जाने योजना सफल हुनसक्छ ।
धनु
विलसिताका सामग्री खरिद गर्न मन उत्साहित हुनेछ । प्रतिष्ठित व्यक्तिको प्रेरणाले ज्ञान आर्जन गर्ने अवसर जुट्न सक्छ । सरोकार नभएका विषयमा समय खर्चंदा पछि परिनेछ । साथीभाइसँगको जमघटमा नौला एवं स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ । साताको प्रारम्भको तुलनामा उत्तरार्द्ध बढी लाभदायक देखिन्छ ।
मकर
आकस्मिक यात्रा गर्दा आर्थिक लाभ समेत होला । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ । आफ्ना योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा, सेमिनार, तालिम आदिमा सहभागि हुने अवसर जुट्नेछ । नीलो रंगको प्रयोग शुभ रहनेछ भने विदेशी पाहुनाहरूसँगको भेटघाट महत्वपूर्ण सावित हुनेछ ।
कुम्भ
अध्ययनको क्षेत्रमा पर्याप्त समय दिन नसकिएला । सरोकार नभएका विषयमा चासो राख्दा दुःख पाइनेछ । आइतबारदेखि कतिपय बाधा स्वतः हट्नेछन् भने प्रशंसनीय काम गरेर हितैषीहरूको मन जित्न सकिनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिनेछ । गल्ती सच्याउने स्वभावका कारण बिग्रन लागेका कामसमेत फत्ते हुनेछन् ।
मीन
अनुशासन एवं मर्यादा पालनले आफुलाई थप उचाइमा पुर्याउन सहयोग गर्नेछ । विदेश भ्रमणका लागि गरिएको प्रयत्न सफल हुनेछ । प्रेमको गाँठो कसिने सम्भावना छ । बोलीको प्रभावले धेरैलाई प्रभावित तुल्याउन सकिनेछ भने सरोकार नभएका विषयमा चासो राख्दा प्रियजन चिढिनेछन् ।