साप्ताहिक संवाददाता
चैत्र २८, २०७५
सौन्दर्यका पारखीहरू युवतीको ओठमा जादु हुन्छ भन्छन् । हुन पनि हो कि क्या हो ? यही कुरा बुझेर एक युवतीले आफ्नो ओठलाई विभिन्न ढंगले सिँगारेको तस्बिर इन्टरनेटमा भाइरल भैरहेको छ ।
लिड्समा बसोबास गर्ने २५ वर्षीया मिन्नी म्याकगीले आफ्नो ओठलाई क्यानभासकै रूप दिएकी छिन् ।
आफ्नो ओठलाई विभिन्न ढंगले श्रृंगार गरेर दिएको नयाँ रूपलाई उनी इन्स्टाग्राममा अपलोड गर्छिन् ।
उनको यो कार्य धेरैले रुचाएका छन् । यही कारणले इन्स्टाग्राममा उनका फलोअर्स बढिरहेका छन् ।