साप्ताहिक संवाददाता
सीताराम कट्टेल
सामाजिक अभियान्ता
नेपाल सरकारको सरसफाइ दूत भएकाले वर्ष २०७६ भर सरसफाइको एजेन्डालाई प्रभावकारी रूपमा अगाडि लिएर जाने ।
पुननिर्माण दूत भएका नाताले पुननिर्माणसम्बन्धी काम–कारबाही अघि बढाउन सरकारलाई दबाब दिने तथा पुननिर्माणमा सक्रिय सहभागिता जनाउने ।
बालमैत्री अभियानको समेत अभियन्ता भएकाले सिंगो देशलाई बालमैत्री बनाउन पहल गर्ने ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान तीब्रताका साथ अघि बढाउने ।
जस्तोसुकै विपद्मा पनि मानवीय धर्म निर्वाह गर्न सक्रिय हिसाबमा अघि बढ्ने । आफ्नो पेसासँग सम्बन्धित कामलाई निरन्तरता दिने । सम्भव भएसम्म ठूलो पर्दाको चलचचित्र निर्माण गर्ने ।
प्रदीप खड्का
अभिनेता
शारिरीक तन्दुरुस्तीमा बढी ध्यान दिनेछु ।
डान्स तथा मार्सल आर्टको तालिम लिनेछु ।
थुप्रै देश घुम्ने योजना बनाएको छु ।
यो वर्ष मेरा कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा आउने छैनन् ।
सामाजिक कार्यमा सकेसम्म सहभागिता जनाउनेछु ।
पशुपति शर्मा
लोकगायक
देश–विदेशका सांगीतिक कार्यक्रममा व्यस्त रहनेछु ।
फरक विषयवस्तुमा आधारित व्यंग्यात्मक गीत सिर्जनालाई निरन्तरता दिनेछु ।
लोकसंगीतका लागि २० वर्षदेखि दुःख गरिरहेको छु । लोकसंगीतलाई कसरी बचाउने, परिष्कृत गर्ने र यसमा देखिएका विकृतिहरू कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विषयमा अध्ययन गर्नेछु ।
पछिल्ला वर्षहरूमा अध्ययनमा कमी आएकाले अध्ययनमा पनि ध्यान दिनेछु ।
साहित्यतर्फ (गजल, कविता तथा उपन्यास) पनि कलम चलाउने योजना बनाएको छु ।
मनिता देवकोटा
मिस नेपाल युनिभर्स
स्वदेशका धेरैभन्दा धेरै ठाऊँ घुम्ने योजना छ ।
महिला तथा बालबालिकाको सशक्तmीकरणका लागि सामाजिक कार्यलाई निरन्तरतासँगै मानवताका लागि समय दिनेछु ।
मेरो व्यत्तिगत ब्लग बलगबदयमझ।अय लाई स्थापित गर्ने काममा लाग्नेछु ।
आफूलाई उत्कृष्ट स्वरुपमा ढाल्न आफैंमा धेरैभन्दा धेरै मेहनत गर्नेछु ।
शान थापा
म्युजिक भिडियो निर्देशक
२०७५ मा बाँकी रहेका केही भिडियो जेठसम्म सक्नेछु ।
टौवा क्रियसनलाई अझ परिवर्तन गर्दै फिल्मको कामलाई निरन्तरता दिनेछु ।
एउटा फिल्म निर्देशन गर्ने तयारी गर्दैछु, जुन २०७७ मा रिलिज हुनेछ । उक्त चलचित्र पूर्ण रूपमा लभस्टोरीमा आधारित हुनेछ ।
एउटा आर्ट मुभीको स्क्रिप्ट सक्दैछु, जुन मुभीमा विदेशीले लगानी गर्दैछन्, त्यसको तयारी पनि सक्नुपर्नेछ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सोच छ ।
आफ्नै एउटा नयाँ बिजनेस पनि सुरु गर्दैछु जुन नितान्त फरक खालको हुनेछ, हाम्रो मनोरन्जन इन्डष्ट्री बाहिरको बिजनेस ।
रवि ओड
नेपाल आइडल
२०७६ मा चलचित्रको पार्श्व गायनमा व्यस्त हुनेछु ।
वर्ल्ड टुरका लागि अमेरिकामा जाँदैछु, त्यहाँ धेरै कुरा सिक्ने योजना बनाएको छु ।
आफ्नो अध्ययनलाई पनि समय दिनेछु ।
आफ्ना गीतको संख्या बढाउनेछु ।
पर्यटन बोर्डको सहकार्यमा नेपाल भ्रमण वर्ष–२०२० मा नेपालका सातै प्रदेशको प्रचार–प्रसार हुने एउटा सांगीतिक अभियानलाई मूर्त रूप दिनेछु । सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको प्रमोट हुने गीत पनि तयार पार्नेछु ।