साप्ताहिक संवाददाता
मीरा राई
खेलाडी
जतिसक्दो चाँडो रिकभरीबाट ब्याक हुनेछु ।
यो वर्ष सकेजति अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछु ।
मीरा राई इनिसिएटिभबाट पाँच जना बहिनीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नेछु ।
अन्नपूर्णमा अन्तर्राष्ट्रिय स्तरको म्याराथन हुँदैछ, त्यो काममा सहयोग पुर्याउनेछु ।
नेपालभरि ट्रेल रनिङलाई प्रमोट गर्नेछु ।
हरि लम्साल
संगीतकार
सिर्जना र गीत संगीतमै व्यस्त रहनेछु ।
संगीतकारका रूपमा काम गरिरहेको छु, केही गीत आफ्नै श्वरमा रेकर्ड गराउने योजनामा छु ।
चलचित्र तथा एल्बमका काममा अझ बढी लागिपर्नेछु ।
फरक किसिमको काम गर्ने तथा मेलोडियस संगीतमा केही फरक गरेर देखाउनेछु ।
आउने वर्ष फरक धारका गीतका साथ आउने सोचमा छु ।
शिल्पा मास्के
अभिनेत्री
थप चलचित्रमा काम गर्ने प्रयास गर्नेछु ।
थिएटरमा पनि काम गर्नेछु ।
फिटनेसमा उत्तिकै ध्यान दिनेछु ।
नयाँ र नगएका ठाउँहरू घुम्ने योजना बनाएकी छु ।
आफ्नो क्षेत्रबाट नेपाली फिल्म इन्डष्ट्रीमा राम्रो योगदान दिने प्रयास गर्नेछु ।
मेलिना राई
गायिका
२०७५ सालमा भएका भूल र कमजोरी सुधार्ने ।
ड्राइभिङ सिक्ने ।
बहिनी जुनु राईलाई आफ्ना तर्फबाट एउटा सोलो गीत गिफ्ट गर्ने ।
अझै धेरै र फरक शैलीका गीत गाउने ।
ब्यवसाय एवं समाजसेवातिर पनि लाग्ने ।
मीनराज वसन्त
साहित्यकार
दूध चियाको धेरै अम्मली भइयो । नयाँ वर्षदेखि दूध चिया छोड्ने विचार गर्दैछु ।
एउटा लेखक जतिबेला पनि सामाजिक सन्जालमा ‘अभाइलेबल’ हुनु लेखनका हिसाबले फाइदाजनक कुरा होइन । त्यसैले सामाजिक सन्जाललाई निश्चित समय मात्र दिनेछु ।
वर्ष २०७६ मुख्यतः मेरो अध्ययनमा केन्द्रित हुनेछ । साथसाथै, घुमघाम र विभिन्न शिविर पनि गर्नेछु ।
फोटोग्राफीको ठूलो सोख छ । एउटा गतिलो क्यामेरा किनेर फोटोग्राफी पनि सुरु गर्नेछु ।
२०७६ मै आफ्नो तेस्रो उपन्यासका लागि रिसर्चको काम गर्नुपर्नेछ, जसलाई पूरा गर्नेछु ।
टेकेन्द्र शाह
म्युजिक भिडियो निर्देशक
विदेश घुमघामको योजना छ । यो वर्ष सम्भवतः तीन–चारवटा देश पुग्नेछु ।
रेड ड्रयागन क्यामेरा किन्ने योजना बनाएको छु ।
एडिटिङ तथा निर्देशकीय कामलाई थप विस्तार गर्नेछु ।
रामारोशन डकुमेन्ट्री निर्माण गरेर रामारोशन क्षेत्रको प्रमोसन गर्नेछु भने दुईवटा देउडा गीत रेकर्ड गरेर म्युजिक भिडियो निर्माण गरी सुदूरपश्चिमको स्थानीय संस्कृतिको प्रमोशन गर्नेछु ।
अहिलेको स्टुडियोलाई अत्याधुनिक पोस्ट प्रोडक्सन स्टुडियोमा विस्तार गर्ने योजना छ ।
सुहाना थापा
अभिनेत्री
भगवान् श्रीकृष्णका उपदेश जन–जनमा फैलाउने काम गर्नेछु ।
अटिजमको क्षेक्रमा त्रियाशील रहँदै अरू सामाजिक काममा समेत सक्रिय हुनेछु ।
आफ्नो ब्याचलर डिग्री पूरा गर्नेछु ।
‘पाँच रुपैयाँमा खाना’ स्टार्टअपका लागि काम गर्नेछु ।
जति सक्छु राम्रो काम गर्ने प्रयत्नमा लाग्नेछु ।