मेष
यो वर्ष मेष राशिको सूर्य बलियो छैन, जसले गर्दा सरकारी जागिरेहरूमा विभिन्न समस्या सिर्जना हुनसक्छ । निजी क्षेत्रमा काम गर्ने मेष राशिका मानिसहरूको हकमा भने स्थिति सामान्य छ । यो वर्ष जग्गा–जमिनको व्यापार फलदायी रहनेछ । तरल पदार्थको व्यापार गर्नेहरूलाई भने घाटा होला । वैवाहिक सम्बन्ध सन्तोषजनक देखिन्छ । प्रेमसम्बन्धमा रहेकाहरूको सम्बन्धमा साउनपछि बाधा उत्पन्न हुनसक्छ भने प्रेमसम्बन्धमा नरहेकाहरूको मंसिरपछि प्रेम पर्न सक्छ । कात्तिक महिनापछि प्रगतिको ढोका खुल्नेछ । असोज र पुस महिनामा स्वास्थ्य समस्या देखा पर्ने सम्भावना छ । स्वास्थ्य विषय अध्ययन गर्नेहरूको प्रगति हुनेछ । यो वर्ष कालो रंगका कपडा कमै प्रयोग गर्नुहोला ।
शुभ अंक : ३, शुभ रंग : रातो, शुभ दिशा : उत्तर, शुभ बार : शुक्रबार, शुभ महिना : जेठ
वृष
वृष राशिका लागि यो वर्ष मंगलको प्रभाव राम्रो छ माघ महिनापछि वैवाहिक सम्बन्धमा केही समस्या सिर्जना हुन सक्छ । वृष राशिमा शुक्रको प्रभाव पनि राम्रो छ, जसले गर्दा यो राशिका स्वामीहरूले मनोरञ्जन तथा कला क्षेत्रमा राम्रो प्रदर्शन गर्नेछन् । स्वास्थ्य क्षेक्रमा रहेका व्यत्तिहरूको प्रगति हुनेछ । प्रहरी वा सैनिक सेवामा रहेका व्यक्तिहरूलाई साउनपछि चोटपटक लाग्न सक्छ । विद्यार्थीहरूले भदौ, असोज, कात्तिक, मंसिर यी चार महिनामा शिक्षा क्षेत्रमा राम्रो प्रगति गर्न सक्छन् । प्रेमसम्बन्धमा बाधा खडा हुने संभावना छ । यो वर्ष छातीमा समस्या देखा पर्न सक्ने सम्भावना छ । वृष राशि भएका मानिसहरूले आफ्नो प्रगतिका लागि सिम्रिकको टीका लगाउनु बेस हुन्छ ।
शुभ अंक : ३, शुभ रंग : रातो, शुभ दिशा : पूर्व, शुभ बार : मंगलबार, शुभ महिना : भदौ तथा मंसिर
मिथुन
मिथुन राशिमा यो वर्ष अरूको लहलहैमा लाग्न वा अरूले भनेको खराब कुराको पछि लाग्न बन्द गर्नुपर्नेर्छ । असार महिना पछि जागिरमा समस्या सिर्जना हुन सक्छ । मिथुन राशिको वैवाहिक जीवनमा राहु बसेको छ । विवाह नभएका मिथुन राशिवालाहरूको भने विवाह हुने योग छ । नयाँ काम र व्यापार व्यवसाय सुरु गर्न वर्ष उत्कृष्ट रहनेछ । राजनैतिक तथा सामाजिक क्षेक्रमा लागेका व्यत्तिहरूका लागि भने वर्ष राम्रो छैन । साउन, भदौ, माघ तथा फागुनमा उन्नति–प्रगति हुनेछ । जेठ महिनामा चोटपटकको सम्भावना देखिन्छ । पारिवारिक सम्बन्ध एवं अध्ययनको क्षेक्र सामान्य छ । यो राशिका व्यत्तिहरूले दुई आँखी भौंको बीचमा कालो टिका लगाउँदा शुभफल प्राप्त हुनेछ ।
शुभ अंक : ५ , शुभ रंग : पहेँलो, शुभ दिशा : दक्षिण, शुभ बार : सोमबार, शुभ महिना : भदौ
कर्कट
कर्कट राशिमा चन्द्रमाको प्रभाव छ । सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरूका लागि वर्ष लाभदायक रहनेछ । वैवाहिक तथा प्रेम सम्बन्ध सामान्य छ । शिक्षातर्फ स्वास्थ्यको अध्ययनमा लागेका विद्यार्थीहरूका लागि निकै राम्रो हुनेछ भने अन्य विषय अध्ययन गर्नेहरूका लागि समय सामान्य रहनेछ । सामाजिक क्षेत्रमा जागिर गर्नेहरूका लागि वर्ष फलदायी हुनेछ । निजी क्षेत्रमा काम गर्नेहरूका लागि समय सामान्य छ भने सरकारी जागिरेहरूलाई अलि गाह्रो हुन सक्छ । कर्कट राशिका पौडी खेलाडीहरूका लागि भने यो वर्ष उपलब्धिमूलक सावित होला । यो राशि हुनेहरूको मनोरञ्जन क्षेत्र सामान्य छ भने सामाजिक क्षेत्र राम्रो छ । वर्षैभरि मोती लगाउँदा फाइदा होला ।
शुभ अंक : ३ , शुभ रंग : सेतो, शुभ दिशा : पूर्व, शुभ बार : मंगलबार, शुभ महिना : असार तथा साउन
सिंह
सिंह राशि हुने जति पनि कानुन व्यवसायी हुनुहुन्छ उहाँहरूका लागि यो वर्ष निकै राम्रो छ । यो वर्ष प्रेम विवाह हुनसक्छ भने प्रेमसम्बन्ध पनि राम्रो रहनेछ । भदौ महिनापछि समय निकै राम्रो हुँदै जानेछ । जग्गा–जमिन किन्ने वा घर बनाउने विचार गर्नुभएको छ भने भदौपछि काम थाल्नु उपयुक्त हुन्छ । कान तथा पेटको समस्या सिर्जना हुने सम्भावना छ । कामका लागि विदेश जानु उपयुक्त हुँदैन । पितासँगको सम्बन्धमा बाधा खडा हुनसक्छ । सोमबार उत्तर दिशाको जमिनमा चल चढाउँदा शुभ फल प्राप्त हुनेछ । सिंह राशि भएकाहरूले मनोरञ्जन तथा कला क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्छन् । इन्जिनियरिङको क्षेत्रमा लागेकाहरूले उन्नति गर्ने समय आएको छ ।
शुभ अंक : ५ , शुभ रंग : सेतो, शुभ दिशा : उत्तर, शुभ बार : शुक्रबार, शुभ महिना : भदौ
कन्या
यो वर्ष कन्या राशि भएका व्यक्तिलाई सूर्य र बुधको प्रभाव पर्नेछ । त्यसैले पक्रकारिता क्षेत्रमा लागेका कन्या राशिका व्यत्तिहरूको उन्नति हुने योग छ । वैशाख र चैत महिनामा चोटपटक लाग्ने तथा दुर्घटना हुने सम्भावना देखिन्छ । सवारी साधन चलाउँदा होसियार रहनुहोला । फलामसम्बन्धी व्यापार–व्यवसायमा लाभ हुनेछ । बैंकिङ क्षेत्रमा जागिर गरिरहेकाहरूको उन्नति हुनेछ । साउन र असोज महिनामा हड्डीको समस्या देखा पर्न सक्छ । प्रेम, वैवाहिक, पारिवारिक तथा सन्तानसँगको सम्बन्ध सामान्य रहनेछ । मनोरञ्जन क्षेक्रमा रहेका व्यत्तिहरूले खासै प्रगति गर्न सक्नेछैनन् भने राजनैतिक क्षेत्रमा भएकाहरूले राम्रो परिणाम प्राप्त गर्ने छन् । शुभफलका लागि हरियो रंगका पहिरन लगाउनुहोला ।
शुभ अंक : १, शुभ रंग : हरियो, शुभ दिशा : दक्षिण, शुभ बार : सोमबार, शुभ महिना : असार
तुला
तुला राशिमा यो वर्ष वृहस्पतिको प्रभाव रहनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सेवा मूलक व्यापार–व्यवसाय पनि फाइदाजनक देखिन्छ । पुस, माघ र फागुन महिनामा पढाइमा मन जानेछैन । जेठ र असार महिनामा वैवाहिक सम्बन्धमा समस्या सिर्जना हुने सम्भावना छ । सन्तानसँगको सम्बन्ध राम्रो रहनेछ । तुला राशि भएका व्यक्तिहरू राजनीति, मनोरञ्जन एवं खेलकुद क्षेत्रमा हुनुहुन्छ भने फागुन महिनापछि मात्र राम्रो परिणाम प्राप्त हुने देखिन्छ । यो वर्ष स्वास्थ्यमा सुधार आउनेछ । गर–गहना तथा सुन–चाँदीको व्यापारबाट लाभ लिन सकिनेछ ।
शुभ अंक : ७ , शुभ रंग : सुन्तला, शुभ दिशा : दक्षिण र पश्चिम, शुभ बार : मंगलबार, शुभ महिना : फागुन
वृश्चिक
वृश्चिक राशिमा मंगलको प्रभाव रहनेछ । यो वर्ष जेठ, साउन, असोज, मंसिर, माघ तथा चैत महिनामा दुर्घटनाको हुने सम्भावना छ । यो वर्ष जोर नम्बरको महिना नराम्रो छ भने बिजोर नम्बरको महिना राम्रो हुनेछ । त्यसैले कुनै क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ भने बिजोर नम्बरका महिना रोज्नुहोला । दिदी, बहिनी, आमा, फुपू तथा प्रेमिकाबाट सहयोग प्राप्त हुनेछ । प्रेमसम्बन्ध सामान्य रहनेछ । पढाइमा पनि जोर नम्बरको महिना नराम्रो छ भने बिजोर नम्बरको महिना राम्रो रहनेछ । हरेक आइतबार तामाको सामान दान गर्न सके शुभफल प्राप्त हुनेछ । यसले नराम्रो महिनाको दोष कम गर्नेछ ।
शुभ अंक : २ , शुभ रंग : खैरो, शुभ दिशा : दक्षिण, शुभ बार : मंगलबार, शुभ महिना : वैशाख, असार, भदौ, कात्तिक, पुस तथा फागुन ।
धनु
धनु राशिमा शनी, बृहस्पति तथा केतुको प्रभाव रहनेछ, जसका कारण प्राविधिक क्षेत्र राम्रो हुनेछ । आइटी, इन्जिनियरिङ वा कम्युटर पढिरहेका विद्यार्थीहरूले एकदमै राम्रेँ प्रगति गर्नेछन् । खेतीपाती गर्ने किसानले प्रविधिको प्रयोग गर्न सक्ने सम्भावना छ । टेक्निकल बाहेक अन्य विषयको अध्ययन सामान्य रहनेछ । यो वर्ष अन्तर्जातीय विवाह हुने सम्भावना देखिन्छ । प्रेमसम्बन्धमा ब्रेकअप हुने सम्भावना पनि छ । पारिवारिक सम्बन्धमा बाधा सिर्जना हुन सक्छ । कात्तिक र मंसिर महिना खासै राम्रो छैन, दुर्घटनाको सम्भावनासमेत देखिन्छ । खेलकुदको क्षेत्रमा पुस र माघ महिनामा राम्रै मुभमेन्ट हुनसक्छ । राजनैतिक क्षेत्रमा सामान्य लाभ मिल्न सक्छ । यो वर्ष यो राशि भएका मानिसहरूले रोगबाट मुक्ति पाउनेछन् भने चोटपटकको सम्भावना पनि छ । बिहिबार एक चम्चा पञ्चामृत सेवन गर्दा दोषमुक्त हुन सकिन्छ ।
शुभ अंक : ११, शुभ रंग : निलो, शुभ दिशा : पूर्व, शुभ बार : आइतबार, शुभ महिना : वैशाख
मकर
मकर राशिमा चन्द्रमा र शनीको प्रभाव देखिन्छ । यस्तो स्थितिमा मानसिक सन्तुलन बिग्रने, डिप्रेसन हुनेदेखि आत्महत्यासम्म गर्ने सम्भावना हुन्छ । मकर राशिका मानिसहरूले यो वर्ष आमा तथा दिदीबहिनीहरूसँग नजिक हुनु जरुरी छ । प्राविधिक विषय अध्ययन गर्दा सफलता प्राप्त होला । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । राजनीतिमा लागेकाहरूको पद गुम्न सक्छ । मकर राशिका व्यक्तिहरूले यो वर्ष खेलकुदमा राम्रो गर्न सक्छन् । प्रेम सम्बन्धमा समस्या सिर्जना हुनसक्छ । असोज महिनामा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । इलेक्ट्रोनिक सामान तथा खाद्यान्नको व्यापार/व्यवसाय गर्दा फाइदा हुनेछ । पूर्णिमाको दिन माछामासु नखाई शुद्ध भएर बस्ने हो भने डिप्रेसनको समस्या कम होला ।
शुभ अंक : १ र ७, शुभ रंग : सेतो र पिंक, शुभ दिशा : दक्षिण र पूर्व, शुभ बार : बुधबार, शुभ महिना : पुस
कुम्भ
कुम्भ राशिमा शुक्रको प्रभाव राम्रो छ । यो राशिका मानिसहरूले कला, मनोरञ्जन, मिडिया, चलचित्र, राजनीति, खेलकुद आदि क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्छन् । सेयरबाट पनि फाइदा लिन सकिनेछ । मिडियाकर्मीहरूका लागि पनि वर्ष शुभ रहनेछ । स्वास्थ्य क्षेत्रमा रहेका डाक्टर, नर्सहरूका लागि भने वर्ष सामान्य छ । कुम्भ राशि भएका पाइलट, इन्जिनियरहरूलाई चोटपटक लाग्ने सम्भावना छ । वैवाहिक जीवन सामान्य रहनेछ । सन्तानसँगको सम्बन्धमा बाधा सिर्जना हुनसक्छ । पारिवारिक सम्बन्ध सामान्य छ । यो वर्ष पेटमा समस्या सिर्जना हुनेछ भने प्रेसर, डाइबिटिजजस्ता समस्या पनि देखा पर्न सक्छन् । वैशाख, जेठ, असार एकदमै राम्रो छ । साउनपछिको समय मध्यम रहला । नयाँ प्रेमसम्बन्ध गाँसिने तथा पुरानो प्रेमसम्बन्ध मासिने सम्भावना छ ।
शुभ अंक : ५, शुभ रंग : रातो, शुभ दिशा : पूर्व, शुभ बार : आइतबार, शुभ महिना : वैशाख, जेठ तथा असार
मीन
मीन राशिमा यो वर्ष सूर्य र बुध ग्रहको योग छ । यो राशिका लागि यो वर्ष बुधातित्य योग छ, जसले मानसम्मान दिलाउनेछ । धर्मकर्मको क्षेत्रमा मन जानेछ । साथीभाइहरूसँगको सम्बन्ध त्यति राम्रो छैन । सरकारी जागिरमा उन्नति हुने देखिन्छ । धार्मिक क्षेत्रमा प्रयोग हुने सर–सामानको व्यापार–व्यवसाय गर्दा फाइदा होला । सुन–चाँदी, काठ तथा सिसाको व्यापार पनि उत्तम रहनेछ । यो वर्ष संस्कृत अध्ययन गर्ने विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरि मानसम्मान प्राप्त गर्न सक्छन् भने अरू विषय अध्ययन गर्नेहरूका लागि पनि समय राम्रो छ । जग्गा–जमिनको काम–कारोबारले फाइदा गर्दैन । चिसोले घाँटीमा समस्या सिर्जना गर्न सक्छ भने हड्डीमा समेत समस्या देखा पर्न सक्छ । प्रेमसम्बन्ध एकदमै राम्रो छ । मीन राशि भएकाहरूको यो वर्ष एकदमै राम्रो छ, तैपनि सूर्यलाई जल चढाए अझ राम्रो परिणाम प्राप्त गर्न सकिनेछ ।
शुभ अंक : ३ र ९, शुभ रंग : हरियो र पहेंलो, शुभ दिशा : उत्तर, शुभ बार : शनिबार, शुभ महिना : कात्तिक तथा मंसिर