साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्र कमेडी भरपुर रहेको संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका शिर्ष कलाकारको विदेश मोहलाई देखाइएको छ ।
ट्रेलरमा हरिवंश आचार्य, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतका कलाकारलाई ट्रेलरमा स्थान दिइएको छ ।
यो चलचित्र वैशाख २० मा रिलिज हुनेछ । किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । कथासँगै पटकथा तथा संवाद पनि उनकै हो । यो चलचित्र सुदन केसीले निर्देशन गरेका हुन् ।
मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकार लगायतको लगानी रहेको छ । चलचित्रका गीतमा मा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रको ट्रेलर :