साप्ताहिक संवाददाता
वैशाख १६, २०७६
काठमाडौं
अनुप विक्रम शाहीको मुख्य भुमिका रहेको चलचित्र कप्सको ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १७ गतेबाट सार्वजनिक हुन लागेको ट्रेलरमा अनुप प्रहरीको भुमिकामा देखिएका छन्, यो हिसावले पनि अनुपलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ ।
सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक इमान्दार प्रहरीको कथालाई प्रस्तुत गर्ने बताइएको छ । चलचित्रमा अनुपको जोडीको रुपमा सन्दिपा लिम्बु छिन् ।
आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ ।
यस्ते छ ट्रेलर