साप्ताहिक संवाददाता
वैशाख १७, २०७६
इस्लामिक स्टेटको कब्जाबाट मुक्त भएपछि इराकमा एकपटक फेरि त्यहाँका परम्पराहरू पुनर्जीवित हुन थालेका छन् । यसैक्रममा इराकको राजधानी बगदादमा प्रत्येक वर्ष आयोजना हुने परेवा उडान एकपटक फेरि चर्चामा छ ।
उक्त परेवा उडानमा एकै पटकमा १४ हजारभन्दा बढी परेवाले भाग लिन्छन् । परेवा उडान भैरहेका बेला बगदादमा परेवाको मूल्य पनि अकासिन्छ । हालै इराकको दक्षिणी बन्दरगाह शहर बसरामा एउटा परेवा ९३ हजार डलर अर्थात् १ करोड ५ लाख रुपैयाँमा बिक्री भएको छ । उक्त मूल्य संसारमा कुनै पनि परेवाले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा बढी हो ।