साप्ताहिक संवाददाता
वैशाख १८, २०७६
संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कले अमेरिकाको मियामीमा जारी गरेको विश्व खुसी प्रतिवेदनअनुसार उत्तर युरोपेली मुलुक फिनल्यान्ड संसारकै सबैभन्दा खुसी देश हो । फिनल्यान्डले यो गरिमा लगातार दोस्रो वर्ष प्राप्त गरेको हो ।
यो सूचिको पहिलो पाँच स्थानमा उत्तरी युरोपकै डेनमार्क (२), नर्वे (३), आइसल्यान्ड (४) तथा नेदरल्यान्ड (५) छन् । खुसी मुलुकहरूको सूचीमा नेपाल कतिऔं स्थानमा होला ? भन्ने खुल्दुली हुनु स्वभाविक हो ।
सूचीअनुसार नेपाल १ सयौं स्थानमा छ । दक्षिण एसियाको कुरा गर्ने हो भने नेपाल पाकिस्तान (६७) र भुटान (९५) भन्दापछि छ भने बंगलादेश (१२५), श्रीलंका (१३०) र भारत (१४०) भन्दा अघि छ ।